By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » वीरगन्जमा हैजा संक्रमितको संख्या १ सय १५ पुग्यो

वीरगन्जमा हैजा संक्रमितको संख्या १ सय १५ पुग्यो

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ११, बुधबार १३:२७

पर्सा । वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमितको संख्या १ सय १५ पुगेको छ ।

मंगलबार साँझ ६ बजेको सार्वजनिक गरिएको तथ्यांकमा महानगरमा संक्रमितको संख्या १ सय १४ थियो भने बुधबार बिहान ११ बजेको तथ्यांकमा १ संक्रमित थपिएर कूल संक्रमित संख्या १ सय १५ पुगेको हो ।

कूल संक्रमितमध्ये ३९ डिस्चार्ज भइसकेका छन् । ७६ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् । हालसम्म वीरगन्ज महानगरमा झाडापखाला र हैजाका ४ सय ९३ बिरामी अस्पतालमा भर्ना भएकोमा २ सय २७ डिस्चार्ज भएका छन् भने संक्रमितसहित २ सय ६६ उपचाररत छन्।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, हालसम्म भएको हैजाको पुष्टि आरडीटी परीक्षणबाट पुष्टि भएको हो । संक्रमित पुष्टि भएकाहरू वीरगन्ज महानगरपालिका वडा नं. ३, ११, १२, १३ र १६ का हुन् ।

नारायणी अस्पतालमा ४३ र तराई अस्पतालमा ३८ जना हैजा संक्रमित पुष्टि भएका छन् । नेसनल मेडिकल कलेजमा १५, भवानी, वीरगन्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा ३र३ जना संक्रमित पुष्टि भएका छन् ।

अली अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २र२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । नारायणी सेन्टर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा, सर्वोत्तम र गण्डक अस्पतालमा पनि १र१ जना संक्रमित पुष्टि भएका छन् ।

पोखरिया अस्पतालमा पनि ३ संक्रमित उपचाररत

यता मंगलबार पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा भर्ना भई उपचाररत ४ जना हैजा संक्रमितमध्ये ३ जना अझै सोही अस्पतालमा उपचाररत छन् ।

तीमध्ये एक जना रिफर भई मंगलबार साँझ वीरगन्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएको र त्यहाँ बिरामीको संख्या नथपिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए।

प्रादेशिक प्रयोगशालाबाट हैजा पुष्टि

प्रादेशिक प्रयोगशाला जनकपुरमा १५ जना हैजा संक्रमितमध्ये १२ जनाको कल्चर परीक्षण गर्दा हैजा फैलाउने भिब्रियो कोलेरा नामक जीवाणु नै पहिचान भएको नारायणी अस्पताल वीरगन्जका सूचना अधिकारी डा। उदयनारायण सिंहले बताए ।

सावधानी अपनाएर पिउने पानी उमालेर पिउने र खाना खानुअघि तथा शौचालय प्रयोगपछि साबुनपानीले राम्ररी हात धुनुको विकल्प नरहेको बताए ।

Facebook Comments Box
प्रतितोला सात सयले बढ्यो सुनको मूल्य
आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिता : नेपालले ट्स जित्यो
सुनको मूल्यमा सामान्य वृद्धि
निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा
चुनावपछि मतपेटिका सेनाले नै गणनास्थल पुर्‍याउने

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?