By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एक महिनामै १४ सयभन्दा बढीमा स्क्रब टाइफस, कसरी जोगिने ?

एक महिनामै १४ सयभन्दा बढीमा स्क्रब टाइफस, कसरी जोगिने ?

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र २, सोमबार ११:१४

मकवानपुर । मनसुन सक्रिय भएसँगै ‘माइट’ नामक सूक्ष्म किराको टोकाइबाट सर्ने स्क्रब टाइफसका बिरामी देशभरका ५० जिल्लामा देखिएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनायता मात्र यसबाट १ हजार ४ सय १४ जना सङ्क्रमित भएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यो रोगका बिरामी छिटपुट मात्रामा भर्ना भइरहेका अस्पतालले जनाएको छ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारण हुन्छ ।

मुसामा पाइने माइ (एक प्रकारको सानो सुलसुले) मार्फत यो ब्याक्टेरिया मानिसमा सर्ने गर्छ । महाशाखाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा देशभर ८ हजार २४९ जनालाई यासको सङ्क्रमण भएको पाइएको थियो ।

कस्तो हो यो रोग ?
सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनका अनुसार जब मानिस झाडी वा घाँस भएको ठाउँमा जान्छ, त्यहाँ रहेका माइटले टोकेपछि यो रोग लाग्ने गर्छ ।

महाशाखाका निर्देशक डा.चन्द्रभाल झा पनि विशेषगरी झाडी, खेतबारी र घाँसे मैदानमा काम गर्ने व्यक्तिहरू यसको उच्च जोखिममा रहने बताउँछन् ।

यो रोग खासगरी ग्रामीण क्षेत्रमा बढी देखिने उनको भनाइ छ । बर्खामा बस्तुभाउ चराउन लैजादाँ, जङ्गल खेतबारीमा दाउरा घाँस काट्न जाँदा स्क्रब टाइफसको सङ्क्रमण हुन सक्छ । गोठमा बस्तुभाउको स्याहार सम्भारका क्रममा पनि यो रोग लाग्न सक्ने चिकित्सकहरू सुनाउँछन् ।

मानिसहरू खेतीपाती, घाँस–दाउराका लागि झाडीमा जाने मात्रै जोखिममा नपरेर सहरी क्षेत्रका पार्क वा बगैँचामा बस्दा पनि यसको जोखिम हुन सक्ने डा।पुन सुनाउँछन् ।

उनी भन्छन्, ‘विगतमा दाङबाट आएका एक बिरामी पार्कमा बस्दा सङ्क्रमित भएको उदाहरण छ । त्यसैले सहरमा पनि सतर्क रहनुपर्छ ।’

टेकुको सरुवा रोग अस्पतालहरूमा हल देखिने बिरामीहरूमध्ये धेरैजसो काठमाडौँ उपत्यका बाहिरका रहेका छन् ।

नेपालमा सन् २०१७ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ बालबालिकाको मृत्यु भएपछि स्क्रब टाइफस बारे जनचेतना फैलाउन सरकारले सुरु गरेको हो ।

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस गोठ, खेतबारी, झाडी र घरपालुवा जनावरको नजिक भएमा स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाले सङ्क्रमण हुन सक्ने चिकित्सकहरू सुनाउँछन् ।

सरुवा रोग विशेषज्ञ पुनका अनुसार स्क्रब टाइफस भएका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने, लिम्फ ग्रन्थीहरू सुन्निने र सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् ।

यद्यपि यसको सबैभन्दा प्रमुख पहिचान भनेको माइटले टोकेको ठाउँमा बन्ने कालो दागजस्तै खटिरा ९स्कार० हो । शरीरको कुनै भागमा यस्तो खटिरा देखिए स्क्रब टाइफसको सम्भावना उच्च हुने उनको भनाइ छ ।

यस्तै, डेंगु सङ्क्रमण हुँदा ज्वरो आउने,टाउको दुख्ने,शरीरमा स–साना बिमिरा आउने लगायतका समस्या देखिन्छ । त्यसैले स्क्रब टाइफसको परीक्षणबारे जनचेतना फैलाउन आवश्यक रहेको चिकित्सकहरू सुनाउँछन् । जसका कारण स्क्रब टाइफस सङ्क्रमण र बिरामीको मृत्यु हुन नदिने मात्रै नभएर सङ्क्रमणबाट जोगाउन सकिन्छ ।

डा।पुनले जङ्गल, झाडी वा घाँस भएको ठाउँमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउन, लामो जुता लगाउन, खाली खुट्टा नहिँड्न र कामबाट फर्केपछि शरीर राम्ररी जाँच गर्न सुझाव दिएका छन् । चिकित्सकहरूका अनुसार स्क्रब टाइफस मानिसबाट सर्दैन ।

उता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकी भने स्क्रब टाइफसको सङ्क्रमण तुलनात्मक रूपमा घातक जटिल रोग नभएको जिकिर गर्छन् ।

बर्खाको समयमा केही स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या बढ्नु स्वाभाविक भएकाले यसले महामारीको रूप लिइहाल्ने नभएको उनको ठम्याइ छ ।

सरकारले जिल्लामा मापदण्डमा आधारित भएर स्क्रब टाइफसका बिरामीको उपचार गराइरहेको उनको भनाइ छ ।

Facebook Comments Box
बजेट अभावले विद्यालय भवन निर्माण अधुरो
पाकिस्तान–अफगान तालिबान तनाव चर्कियोस् खुला युद्धको घोषणा, दुवै पक्षका परस्पर दाबी
देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै
नेपालगन्जमा तापक्रम ३२°C पुग्यो, काठमाडौंमा २५.४°C
बढ्यो सुनको भाउ

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?