By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » राप्तीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

राप्तीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ असार १५, आईतवार १५:३१

तुल बहादुर कवँर मगर
देउखुरी, १५ असार ।
दाङको राप्ती गाउँपालिकामा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आइतबार उत्साहपूर्वक सम्पन्न गरिएको छ।

“धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ महोत्सव
सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँको
वडा नं. ७ बड्का सिसहनियाँमा रहेको करिब एक बिघा खेतमा धान रोपेर मनाइएको हो।

राप्ती गाउँपालिकाले प्रत्येक वर्ष कृषकहरूको खेतमै पुगेर यस दिवसलाई उत्सवका रूपमा मनाउँदै आएको छ।

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वर्षाती गडरियाले यस पटक पनि कृषक र विद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय उत्पादनमा आधारित कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै धान दिवसको महत्व उजागर गर्न यस्ता आयोजनाले टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चौधरीले विद्यार्थीलाई खेतीपातीप्रति रुचि जगाउन विद्यालयस्तरमै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

महोत्सवमा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष पहलमान चौधरी, वडा नं. ७ का वडाध्यक्ष सिताराम चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, लेखापाल रेशमराज अधिकारी, कृषि शाखा प्रमुख वर्षाती गडरिया, राप्ती केरा उत्पादक कृषक समूहका अध्यक्ष रणप्रसाद सुवेदी लगायत गाउँपालिकाका कर्मचारी,विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयले विद्यार्थीहरूको सदन विभाजन गरी सदनात्मक धान रोपाइँ कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

Facebook Comments Box
स्व–अनुभूतिका आधारमा नागरिकता र शैक्षिक प्रमाणपत्र सच्याउने कानुन बनाउन उच्च अदालतको आदेश
आफ्नो पराजयबारे प्रकाशशरण महतको विश्लेषण
हेटौंडाको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी
आन काठमाडौं उपत्यकाको तापक्रम आज ३ डिग्री मापन
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

थप समाचार

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?