By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ १३, बुधबार १०:३८

पोर्चुगल । लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ ।

दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट कूल ८२ जना सेवाग्राही नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए ।

जसमा ४० जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ । यस्तै नौ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण, ३१ जनाको शैक्षिक तथा अन्य कागजात प्रमाणीकरण र दुई जनाको राहदानी वितरण गरिएको नेपालले बताए । शिविरबाट छ हजार ७४५ युरो अर्थात् झन्डै रु १२ लाख राजस्व सङ्कलन भएको उनले बताए ।

राजधानी लिस्बनदेखि टाढा रहेका नेपालीलाई सोही स्थानमै पुगेर सहज रूपमा दूतावासको सेवा उपलब्ध गराउने उद्देश्य अनुरूप घुम्ती सेवा सञ्चालन गरिएको नेपालले बताए । शनिबार र आइतबार सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको थियो ।

तयार भएर आएको राहदानी वितरण, प्रहरी रिपोर्टलगायतका अन्य कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरिएको दूतावासले जनाएको छ । दूतावासले मदेइराको फुन्चालमा आगामी जुन ५ र ६ तारिख र एजोरेसको पोन्टा डेलगाडामा आगामी जुन २० र २१ तारिखमा घुम्ती शिविर सञ्चालन गरी सो क्षेत्रका नेपालीलाई सेवा प्रदान गर्ने जनाएको छ । यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा, पोर्तो र ओदिमिरामा घुम्ती शिविर सञ्चालन गरेर नेपालीलाई सेवा प्रदान गरेको थियो ।

Facebook Comments Box
भारतको सिमलामा गाडी दुर्घटना,४ जना नेपालीको मुत्यु
रौतहटमा माधव चौथो, प्युठानमा सूर्य पाँचौँ स्थानमा
काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दाबी गर्नुभएको छ । उहाँले कतार, साउदी अरब र युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्नुभएको छ । यसैबीच इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ । गएको फेब्रुअरी २८ तारिखमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरु गरेका थिए, जवाफमा इरानले खाडी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो । पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ । अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो ।
एमाले निर्वाचनको मतदान २ बजेभित्र शुरू हुने
तोलामा १५ सयले घट्यो सुनको मुल्य

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?