By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख १६, बुधबार १३:५०

म्याग्दी । धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाडे।

अठार वर्षको उमेरदेखि जङ्गलमा घुम्ती गोठमा भैँसीपालेर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुरले बढ्दो बुढ्यौलीसँगै भैँसी बेचेर घरमै बस्न थालेका हुन् । “भारतीय गोर्खा सैनिकमा भर्ती हुनका लागि छनोट भएर पनि अभिभावकको आग्रह नकार्न नसकेर भैँसी पाल्न जङ्गल पसेको थिएँ”, पूर्णबहादुरले भने “बढ्दो उमेरसँगै स्वास्थ्यमा समस्या देखिन थालेपछि गोठ बस्न नसक्ने भएकाले भैँसी बेचेर घरमै बस्न थालेको छु ।”

पूर्णबहादुरले भैँसी, राँगा र घ्यू बेचेर एक छोरा र तीन छोरी हुर्काएका, उच्च शिक्षा दिलाएका, घरव्यवहार चलाएको र गाउँमै खेतबारी जोडेका सुनाए। “एउटा भैँसीबाट सुरु गरेको घुम्ती गोठमा भैँसीको सङ्ख्या ३६ वटासम्म पुग्यो”, उनले भने, “राँगा, भैँसी र घ्यू बेचेरै घरव्यवहार चलाएको हो ।”

नयाँ पुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुँदा जीविकोपार्जन, स्वरोजगार र आयआर्जनको सम्भावना भए पनि दुःख गर्नुपर्ने भएका कारण घुम्ती गोठमा भैँसीपालन गर्ने चलन हराउन थालेको पूर्णबहादुरले बताए।

धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय कीर्तबहादुर घर्तीमगरले ६४ वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गरे । स्वास्थ्यमा समस्या देखिएपछि कीर्तबहादुरले आठ वर्षको बाल्यकालको उमेरदेखि सुरु गरेको घुम्ती गोठमा भैँसीपालन गर्ने पेसालाई बिट मारेको १० वर्ष भएको छ ।

“मेरो बाल्यकालमा गाईभैँसीको गोठ नहुने घरै हुँदैनथे”, कीर्तबहादुरले भने “अहिले भएका दुईचारवटा गोठ पनि हामी वृद्धहरूले छाडेपछि हराउने अवस्था छ ।” केही दिनअघि समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभानस्थित घुम्ती गोठमा भेटिएका कीर्तबहादुरले घुम्तीगोठका अनुभवहरू खुलेर सुनाए ।

“अहिले विदेशमा गएको जस्तै हो त्यसबेला गोठमा जानु भनेको”, उनले सम्झिए “झरीबादल नभनी लेक र बेँसीका भिरपहरा, जङ्गलमा गोठ सार्ने हामीहरू हिउँदमा गाउँ नजिकको खेतबारीमा आउँदा घरपरिवारसँग भेट हुन्थ्यो । बर्खामा तीनचार महिना कसैसँग सम्पर्क हुँदैनथ्यो ।”

खाम्ला, खारा, बगर, जेल्तुङ, नाउरा, चौरवन, कुनावन, मचनी, दवदवे, मैरेवन, भैँसीखर्क, जिरवाङलगायत चरन क्षेत्रहरूमा भैँसीको घुम्ती गोठ लैजाने चलन थियो । पोषिलो घाँस पाइने भएकाले भैँसी पाँच हजार मिटर उचाइका बुकीमा चरनका लागि आफैँ पुग्ने गरेको अनुभव पूर्णबहादुर र कीर्तबहादुरले सुनाए ।

बीस वटाको हाराहारीमा भैँसी पाल्दा वार्षिक १० देखि १५ वटासम्म राँगाभैँसी र २०० लिटरको हाराहारीमा घ्यू बिक्री हुने गरेको थियो । यस क्षेत्रका किसानले पाल्दै आएको लिमे र पारकोटे जातको भैँसीको आनुवांशिक स्रोत घुम्ती गोठसँगै लोप हुने खतरा बढेको छ ।

धवलागिरि गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालका अनुसार वडा नं ४ मा हाल भैँसीको सङ्ख्या ४३६ वटा रहेको छ । पशुमा पूर्णखोप कार्यक्रमका क्रममा वार्षिक रूपमा लिने तथ्याङ्कअनुसार गाईभैँसीको सङ्ख्या घट्दो क्रममा रहेको उनले बताए ।

परम्परागत हिसाबले घुम्ती गोठमा पशुपालन गर्दै आएका किसानले फार्म दर्ता र पशु बीमा नगरेका कारण विभिन्न महामारी रोगविरुद्धको खोप उपलब्ध गराए पनि अनुदानका कार्यक्रममा समेट्न समस्या भएको उनको भनाइ छ ।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले घुम्ती गोठलाई आधुनिक र व्यवस्थित गर्न किसानसँग छलफल गरेर उनीहरूको आवश्यकताअनुसारका कार्यक्रम बनाएर समेट्ने प्रयास गरिएको जानकारी दिए । घुम्ती गोठका लागि त्रिपाल, सोलारलगायत सामग्री उपलब्ध गराएको बताउँदै उनले फरक दङ्गले घुम्ती गोठलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेमा रोजगारी सृजना र आयआर्जन वृद्धिको सम्भावना रहेको बताए ।

Facebook Comments Box
विधायन समितिको बैठक बस्दै
प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा
चार महिनापछि खुल्यो सङ्घीय खानेपानी जुम्ला कार्यालयको ताला
पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न
फागुन २१ को निर्वाचनमा रेकर्ड मतदान हुने आयोगको दाबी

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?