By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » फागुन २१ को निर्वाचनमा रेकर्ड मतदान हुने आयोगको दाबी

फागुन २१ को निर्वाचनमा रेकर्ड मतदान हुने आयोगको दाबी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन ७, बिहीबार १४:१०

मकवानपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा बढी मतदान हुने दाबी गरेका छन्।

१० औँ निर्वाचन दिवसका अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा बोल्दै उनले मतदाताहरू मतदानको दिनलाई व्यग्रताका साथ पर्खिरहेको र यसपटक मत खस्ने प्रतिशतले नयाँ रेकर्ड राख्ने विश्वास व्यक्त गरे।

आयोगको आन्तरिक अनुसन्धान र विश्लेषणका आधारमा यसपटक मतदान मात्र बढी नभई मत बदर हुने संख्या पनि निकै कम हुने भण्डारीको भनाइ छ। अघिल्ला निर्वाचनहरूको तुलनामा यसपटक मतदाताहरू निकै सचेत र चनाखो रहेको उनले बताए।

खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा छ। आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रम र स्वयंसेवकहरूले घरदैलोमा पुगेर सिकाएको मतदान गर्ने तरिकाका कारण बदर मतको अनुपात न्यून हुने दाबी गरिएको हो।

मतदानप्रति मतदाताको उत्साह देखिए पनि उनीहरूलाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्‍याउने वातावरण बनाउन भने राजनीतिक दल र उम्मेदवारहरूको ठुलो भूमिका रहने भण्डारीले उल्लेख गरे।

राजनीतिक दल, नेता र कार्यकर्ताहरूले मतदातामैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। यदि मतदानस्थलसम्म पुग्ने सहज र सुरक्षित वातावरण बनेन भने मतदान गर्न इच्छुक मतदाताहरू पनि घरमै बस्न सक्ने भन्दै उनले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे।

निर्वाचन दिवसको अवसरमा आयोगले एक स्मारिका समेत सार्वजनिक गरेको छ। सोही अवसरमा घोषणा गरिने निर्वाचन पुरस्कारहरू भने आगामी वैशाख १ गते विशेष कार्यक्रम आयोजना गरी वितरण गरिने आयोगले जनाएको छ।

फागुन २१ को निर्वाचनलाई सफल बनाउन सरकार, सुरक्षा निकाय र स्थानीय तहहरूसँगको समन्वयमा आयोगले अन्तिम तयारी गरिरहेको छ।

Facebook Comments Box
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित
आज पनि पानी पर्ने
बढ्यो सुनको भाउ
आज दशौँ निर्वाचन दिवस मनाइँदै

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?