By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ४, शुक्रबार १७:३५

मकवानपुर । नयाँ वर्षको आगमनसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । नेपालीहरूको घुम्ने संस्कृति बढ्दै जाँदा अहिले नवलपुरका पर्यटकीय क्षेत्रहरू भरिभराउ रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

होटल व्यवसायी सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अध्यक्ष सन्तोष राना पछिल्लो समय जिल्लामा हाइकिङ (छोटो दूरीको पदयात्रा) तथा जङ्गल सफारी गर्न आउने पर्यटक बढेको बताउँछन् । “महाभारत पर्वत शृङ्खलाको सबैभन्दा अग्लो चुचुरो देवचुली पहाडमा हाइकिङका लागि आउने पर्यटक बढ्दो अवस्थामा छन्”, रानाले भने, “त्यसैगरी जिल्लाका मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीका लागि आउने पर्यटकको अवस्थामा पनि उल्लेख्य देखिएको छ ।” यहाँका सामुदायिक वनमा अहिले जिप सफारी गर्न आउने पर्यटकको सङ्ख्या अत्यधिक रहेको उनले बताए।

“नयाँ वर्षको दिनको जिल्लामा जिप सफारी गर्न आएका पर्यटकहरू जिप नपाएर पालो पर्खनुपरेको थियो”, उनले भने, “यहाँका सामुदायिक वनमा सहजै बाघ र गैँडा देख्न सकिने हुँदा पनि जङ्गल सफारीमा क्रेज बढ्दो छ ।”

जिल्लाका पर्यटकीयस्थल घुम्न आउने पर्यटकमध्ये आन्तरिक पर्यटक बढ्दै गएका भए पनि विदेशी पर्यटक भने घट्दो क्रममा रहेका उहाँले बताउनुभयो । राज्यको नीतिका कारण र विदेशमा भएका अशान्तिका कारण विदेशी पर्यटक कम देखिएका रानाको भनाइ छ।

“खैरो कपाल र गोरो छाला देख्नेबित्तिकै उनीहरूलाई गरिने व्यवहार नेपालमा फरक हुन्छ”, उनले भने, “उनीहरूसँग हवाई भाडासहित खाना तथा बस्नमा समेत चर्को शुल्क असुल्ने नीति हुँदा विदेशी पर्यटक घटेका हुनसक्छन् ।”

विस्तारमा रहेको महेन्द्र राजमार्गको बुटवल–नारायणघाट सडकखण्डको अधिकांश काम सकिन लागेकाले पनि जिल्लाका पर्यटकीय क्षेत्रमा घुम्न आउनेहरू बढेका उनको भनाइ छ । लामो बिदा परेको अवस्था तथा महत्त्वपूर्ण दिनमा परिवारसहित घुमफिर गर्ने नेपालीहरूको प्रवृत्ति बढ्दै जाँदा अहिले जिल्लामा रहेका सबै पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढेको रानाको भनाइ छ।

यहाँको धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिकलगायत अन्य पर्यटकीय क्षेत्रहरू पर्यटकको रोजाइमा परेका रानाले बताए। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल मौलाकालिका, दाउन्नेदेवी, देवघाटधाम, त्रिवेणीधाम, नारायणी नदी किनार, शाश्वतधाम (सिजी), जङ्गल सफारी, देवचुली डाँडा, मणि मुकुन्दसेन पार्क, कैलाश सन्यास आश्रम, लक्ष्मी नृसिंह दिव्यधाम, धौवादी, रुद्रपुरगढीललगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चाप बढेको रानाको भनाइ छ।

यसपटक नयाँ वर्षमा यहाँको ऐतिहासिक धार्मिक महत्त्व बोकेको मौलाकालिका मन्दिरमा धार्मिक पर्यटकहरूको उल्लेख्य उपस्थिति रहेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष खगेन्द्र कँडेलले बताए।

“यसपटक नयाँ वर्षको दिनभरि नै भक्तजन मन्दिरमा आउनुभएको थियो”, उनले भने, “पूजा गर्नका लागि दुई घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था सृजना भएको थियो ।” कँडेलका अनुसार नयाँ वर्षको दिनमा मात्रै नभइ मन्दिर आउने पर्यटकको सङ्ख्या अझै पनि उल्लेख्य रूपमा रहेका छन्।

गैँडाकोट–१ को पहाडको टाकुरामा रहेको मन्दिर पुग्नका लागि यातायातको सहज व्यवस्था भएसँगै यहाँ आउने पर्यटक बढेका हुनसक्ने कँडेलको भनाइ छ । “अहिले मन्दिरमा आएर देवी भगवतीको दर्शन गर्न धेरै सजिलो भएको छ”, उनले भने, “पहाडको फेदीबाट मन्दिर आउनका लागि केबलकार सञ्चालन भएको छ । त्यसैगरी फेदीबाट नै मन्दिर नजिकै सवारीसाधन पुग्ने भएकाले यसपटक धेरै धार्मिक पर्यटक आउनुभएको छ ।” सवारीसाधनमा मन्दिर जानका लागि बिहानैदेखि अटो रिक्सा पाइने तथा आफ्नै सवारीसाधनमा पनि जान सकिने उनले बताए।

नवलपुरको गैँडाकोट क्षेत्रमा नदी पर्यटनका लागि आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको यहाँका पर्यटन व्यवसायी बताउँछन् । मुकुन्दसेन मौलाकाली होटल व्यवसायी सङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले गैँडाकोट क्षेत्रमा पर्यटकको राम्रो चहलपहल भएको बताए। “गैँडाकोटमा पर्यटनको विविधिकरण छ, यहाँ जल पर्यटन, धार्मिक पर्यटन, सफारी पर्यटन रहेको हुँदा पछिल्लो समय राम्रै पर्यटक आएका छन्”, उनले भने, “नयाँ वर्षको पूर्वसन्ध्याबाट बढेको पर्यटकीय चहलपहल अझै कामय रहेको छ ।”

जिल्लाका पर्यटकीय क्षेत्रहरू घुम्न आउने पर्यटक बढे पनि उनीहरूको बसाइँ भने छोटिएको पौडेलको भनाइ छ । “पहिला यहाँ आउने आन्तरिक पर्यटक चार–पाँच दिन बस्दा राम्रै खर्च गर्ने गर्दथे”, उहाँले भन्नुभयो, “अहिले पर्यटक बढेका छन् । तर होटलमा बस्ने पर्यटक घटेका छन् । अहिले मानिससँग खर्च गर्ने पैसा नै छैन ।” पहिला पर्यटक होटलबाट निस्किँदा २०–२५ हजार रुपैयाँ सहजै खर्च गर्ने गरेको भए पनि अहिले पाँच हजार रुपैयाँ खर्च गर्न पनि गाह्रो अवस्था रहेको पौडेलले बताए।

देशमा राजनीतिक स्थायित्व आएसँगै पर्यटन व्यवसायमा आशा पलाएको पौडेलको भनाइ छ । सरकारले पर्यटनमैत्री नीति ल्याएर आन्तरिकसँगै विदेशी पर्यटकलाई समेत लामो समय रहने वातावरण तयार गर्नुपर्नेमा पौडेलले जोड दिए।

Facebook Comments Box
देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै
आज विश्व रेडियो दिवस
मतदाता नामावली संकलनको म्याद पाँच दिन थप्ने तयारी
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार
गहुँको मूल्यमा गिरावट ,समर्थन मूल्य तोक्न किसानको आग्रह

थप समाचार

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै

धनुषामा एक पुरुषको शव फेला

पश्चिम एसिया युद्धमा टर्कीको कूटनीतिक पहल

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

वैशाख कृष्ण औँसीः आमाको मुख हेर्ने दिन

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?