By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै

वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ४, शुक्रबार १७:०८

मकवानपुर । ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै छ । यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाहरूले विभिन्न कार्यक्रमहरूसहित मनाइरहेका छन् ।

यसै क्रममा आज सिमसार तथा नदी सरसफाइ गरिएको छ । सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको पश्चिमी किनार क्षेत्र सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । सिमसार क्षेत्र र नदी सरसफाइले वन्यजन्तुका लागि आवश्यक पानीको परिपूर्ति गर्ने भएकाले हरेक वर्ष वन्यजन्तु सप्ताहमा यो कार्यक्रम गरिँदै आएको उनले बताए ।

यस्तै, वैशाख १ गते निकुञ्जको कार्यालयमा झण्डा फेर्ने र सरसफाइ गरिएको, वैशाख २ गते चरा अवलोकन, ३ गते प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यान्वयनसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरिएको थियो । ५ गते शनिबार मानव वन्यजन्तु सहअस्तित्वसम्बन्धी छलफल तथा अन्तर्क्रिया, ६ गते आइतबार विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा वन्यजन्तुवाट टुहुरा बनाइएका बालबालिकालाई छात्रबृत्ति प्रदान र अन्तिम दिन ७ गते सोमबार वन्यजन्तु बासस्थान व्यवस्थापनसम्बन्धी स्थलगत जागरण तथा अन्तर्क्रिया गरिने छ ।

यस्ता कार्यक्रमहरूले वन्यजन्तु संरक्षणमा समुदायको भूमिकाका बारेमा जानकारी दिँदै संरक्षणमा टेवा पुग्ने उनले बताए । उनका अनुसार वन्यजन्तु सप्ताहले वन्यजन्तु र सिमसार क्षेत्रले मानव जीवनमा पार्ने प्रभावका बारेमा ज्ञान दिँदै संरक्षण जुट्न मद्दत पुग्नेछ ।

सप्ताहका क्रममा नेपाल जोलोजिकल सोसाइटी बागमती प्रदेश र वीरेन्द्र बहुमुखी क्याम्पस प्राणीशास्त्र विभागले आज प्रभातफेरी गरेको छ । भरतपुर–१० रमाइलोचोकबाट निस्किएको प्रभातफेरी दीपेन्द्रचोक, सिनर्जी चोक, पूर्णिमा चोक हुँदै पुनः रमाइलो चोकमा पुगेर सम्पन्न भएको वीरेन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख किशोर घिमिरेले बताए

Facebook Comments Box
धवलागिरिको माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची
सुनको भाउ घट्यो
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
प्रतितोला सात सयले बढ्यो सुनको मूल्य

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?