By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख १८, शुक्रबार १०:१९

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउन, प्राविधिक र प्रशासनिक परामर्श सुरु गरेको छ । नदी किनाराका अव्यवस्थित बस्ती हटाइसकेपछि जग्गा संरक्षणको कार्य अघि बढाएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । कामपाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदनअनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि प्राविधिक तथा प्रशासनिक परामर्श थालिएको कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ ।

स्वीकृत डिपिआरअनुसार नदी २०२१ सालको नापी नक्साबमोजिम हुनुपर्नेमा नदीले बहावले स्थान परिवर्तन गरेर पश्चिमतर्फ सरेको छ । यसले गर्दा काठमाडौँतर्फको करिब १०० रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौँतर्फ सरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा अध्ययन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले, कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गरेर डिपिआरबमोजिमको बहाव क्षेत्र कायम गराउने काम कामपाको प्राथमिकतामा रहेको जानकारी दिइन् ।

“नदी किनारामा अव्यवस्थित बस्ती भएका कारण यसअघि सञ्चालन गर्न नसकिएका काम तत्काल अगाडि बढाएर आयोजनालाई चाँडो सम्पन्न गराउनुपर्ने बताइएको छ । यसका लागि लागत अनुमान तयार पार्ने, जनशक्ति परिचालन योजना बनाउने र योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ”, कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिँदै उनले भनिन्, “बस्तीबाट आफूलाई भूमिहीन भनेर विवरण टिपाउनुभएका व्यक्तिहरूको उचित व्यवस्थापन, बस्ती खाली गराइएका ठाउँको निर्माणजन्य सामग्रीको व्यवस्थापन र ती स्थानलाई बारबेर गरेर संरक्षण गर्ने कामलाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुहोला ।”

मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार आयोजना क्षेत्रभित्र पर्ने नदीको करिब १.५ किलोमिटर बहाव क्षेत्रमध्ये ५७५ मिटर साविक अवस्थामा छ । बाँकी नदी खण्डमा बहाव परिवर्तन भएको छ । भक्तपुरतर्फ जग्गा सरेको ठाउँमा पक्की घरटहरा तथा अस्थायी संरचना थिए । त्यस स्थानबाट मानवीय बसोबास खाली गराएर संरचना भत्काएपछि रिप्लटिङको प्रक्रिया अगाडि बढाइसकिएको छ ।

Facebook Comments Box
काभा यू-१९ महिला भलिबलमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो
बजेट निर्माणको समयमा सुनसान सिंहदरबार
अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
पत्रकारले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन् : उपराष्ट्रपति
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति–अमेरिकी सैन्य प्रमुख भेटेर रणनीति छलफल

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?