By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ४, शुक्रबार १५:५७

मकवानपुर। पहिचानको प्रतीकका रूपमा रहेको ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु भएको छ । मेची राजमार्गको पाँचथरको सदरमुकाम फिदिमको मध्यभागमा लिम्बूवान गेट प्रवेशद्वार निर्माणका लागि आज शिला स्थापना तथा निर्माण सुभारम्भ भएको छ।

लिम्बूवान गेट तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद् पाँचथरले प्रवेशद्वार पुनर्निर्माण गर्न लागेको हो । रु २५ लाखको लागतमा प्रवेशद्वार निर्माण गर्ने योजना बनाइ आजदेखि सुरुआत गरिएको परिषद्का अध्यक्ष लक्ष्मण लावतीले जानकारी दिए।

शिला स्थापना तथा निर्माणकार्यको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेसहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सुरक्षा निकायका प्रमुखहरूले शिला पूजा गरी सुरुआत गरे । पाँच मिटर उचाइ र १९ मिटर लम्बाइको उक्त प्रवेशद्वारमा यहाँका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाबारे जानकारी दिने प्रतीकहरूसमेत राखिने भएको छ।

प्रवेशद्वार दाताहरूबाट सङ्कलन हुने रकमबाट निर्माण गर्न लागिएको हो । यसका लागि परिषद्ले सहयोग सङ्कलन गर्ने भएको छ । फिदिमको मध्यभागमा यसअघि लिम्बूवान गेट रहेकै स्थानमा प्रवेशद्वार निर्माण हुन लागेको हो । यसका लागि सडक क्षेत्राधिकारभन्दा बाहिरको जग्गा जग्गाधनीहरू रविन तुम्बापो, महेन्द्र आङ्देम्बे र गङ्गाकुमारी आङ्देम्बेले उपलब्ध गराएको अध्यक्ष लावतीले जानकारी दिए।

पञ्चायती व्यवस्था लागू भएको २५औँ वर्षगाँठको अवसरमा २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको स्वागतका लागि फिदिम बजारको प्रवेश विन्दुमा प्रवेशद्वार निर्माण गरिएको थियो । तत्कालीन जिल्ला पञ्चायतले निर्माण गरेको अस्थायी प्रवेशद्वारलाई पछि पक्की बनाई श्रीपेचको प्रतिमा राखिएको थियो । सो समय फिदिम बजारको सुरु विन्दुमा प्रवेशद्वार निर्माण गरिए पनि बजार विस्तारसँगै प्रवेशद्वार बीच बजारमा रहन गएको फिदिमका अग्रज गङ्गाराम भट्टराईले जानकारी दिए।

दोस्रो जनआन्दोलनपछि लोकतन्त्र पक्षधरले प्रवेशद्वारबाट श्रीपेचको प्रतिमा निकालेर फालेका थिए । यसैबेला पूर्वी नेपालमा चलिरहेको लिम्बूवान स्वयत्तताको आन्दोलनका पक्षधरले आन्दोलनको केन्द्रका रूपमा रहेको पाँचथरमा उक्त प्रवेशद्वारमा रङरोगन गरी ‘लिम्बूवान गेट’ नामकरण गरेका थिए । उक्त प्रवेशद्वारमा लिम्बू समुदायको सांस्कृतिक प्रतीक सिलामसाक्मा, ढोल (च्याब्रङ), प्रस्तावित लिम्बूवान क्षेत्रको नक्सा राखिएको थियो।

तर मेची राजमार्गको फिदिम बजार खण्ड विस्तारका क्रममा तीन वर्षअघि उक्त प्रवेशद्वार भत्काइएको थियो । विस्तारित सडकभन्दा बाहिरपट्टिको व्यक्तिहरूको जग्गा प्राप्तिमा ढिलाइ हुँदा पुनर्निर्माणको कार्यमा ढिलाइ भएको र अब आवश्यक पर्ने सहयोग स्थानीय तहले मिलाउने फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताए।

उक्त प्रवेशद्वार लिम्बूवान गेटका रूपमा प्रचार हुनुका साथै लिम्बूवान पक्षधरका लागि पहिचानको संवेदनशील विषयका रूपमा विकसित भएको अध्येता एवं पुनर्निर्माण समितिका अध्यक्ष लावतीको बुझाइ छ । “प्रवेशद्वारलाई लिम्बूवान गेटकै रूपमा पुनर्निर्माण गरिने छ ।

यसले पहिचानको आवाजलाई प्रतिनिधित्व गर्ने छ”, लावतीले भने, “यसले नवआगन्तुक पर्यटकलाई आकर्षितसमेत गर्छ भने लिम्बूवान क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे खोजी गर्न सबैलाई प्रेरित गर्छ ।”

Facebook Comments Box
घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
अमेरिकामा एकैदिन १ हजार ४ सयभन्दा धेरै उडान रद्द
काठमाण्डौमा वायु प्रदूषण बढ्यो : अस्वस्थकर तहमा पुगेकाले सावधानी अपनाउन आग्रह
माओवादी बैठक जारी, नेताहरू धारणा राख्दै
गगन थापा अमरेश सिंहभन्दा ४७१ मतले पछाडि

थप समाचार

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

यसरी फेरिँदैछ रुपातालको रुप

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?