By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ७, शनिबार १६:१९

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले फागुनमा प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार ४३१ सवारी कारबाही परेका हुन् ।

ती सवारी धनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए । रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोरलगायत भित्रीक्षेत्रमा पर्ने सडक खण्डमा कार्यालय तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रमुखबाट राजमार्ग सुरक्षा गस्ती गर्ने क्रममा ती सवारी साधन कारबाहीमा परेका उनले बताए ।

“फागुनमा ९३ सवारी दुर्घटना हुँदा १३१ सवारी संलग्न रहेका पाइएको छ । उक्त दुर्घटनामा सात पुरुष र एक महिला गरी आठ जनाको मृत्यु भएको छ”, सूचना अधिकारी बिसीले भने- “दुर्घटनाको कारण ९३ पुरुष, ४७ महिला, १० बालक र १० बालिका गरी १६० जना घाइते भएका थिए । त्यसमा ६४ गम्भीर र ९६ सामान्य घाइते भएका छन् ।”

दुर्घटनाको प्रमुख कारण तीव्र गति, मादक तथा लागुपदार्थ सेवन, चालकको असक्षमता, गलत स्थानमा पार्किङलगायत रहेको उनले बताए । सूचना अधिकारी बिसीका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम पालनासम्बन्धी विद्यालय, कलेजमा ट्राफिक सचेतना कक्षा सञ्चालन, व्यवसायी, चालक परिचालक, स्थानीय टोल, समुदाय, सर्वसाधरण, पैदल यात्रुलाई पनि ट्राफिक सचेतना गराइएको छ ।

त्यसबाट ३२ हजार ५६ जना लाभान्वित भएका जानकारी दिए । फागुनमा ७८ हजार ८३९ सवारीसाधनको जाँच गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

Facebook Comments Box
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी
मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव
देशभरका १ सय ५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै
प्रहरीको सक्रियता : चार दिनमा दुई सय २६ जना पक्राउ

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?