By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २४, मंगलवार १०:२७

वीरेन्द्रनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश तथा स्थानीय तहमा बजार अनुगमन निरीक्षणमा संलग्न पदाधिकारी एवं कर्मचारीलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा सचिव कर्णले कर्णालीको माटो र यहाँ उत्पादन हुने खाद्यबाली अन्य प्रदेशभन्दा सुरक्षित रहेको बताए ।

“हाम्रो खाद्य स्वच्छ र गुणस्तर हुनुपर्छ । शरीरलाई चाहिने आवश्यक तत्व यहाँ उत्पादन हुने खाद्यबालीमा पाइन्छ”, उनले भने, “मूलतः कर्णाली प्रदेशले रासायनिक प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक उत्पादनमा जोड दिने अभियान अगाडि बढाएको छ ।” अझै पनि खाद्य स्वच्छता तथा गुणस्तरका बारेमा सरोकार भएकाको समन्वय एवं सहकार्यमा स्वच्छ तथा गुणस्तर खाद्य प्रयोगबारे नागरिक तहसम्म सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले स्वच्छ तथा गुणस्तर खाद्य प्राप्तिका लागि सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन हुनुपर्ने बताए । खानाजन्य रोगका कारण मानव जीवनमा जोखिम बढ्दो भएकाले स्वच्छ र गुणस्तरयुक्त खाना आवश्यक भएको उनको भनाइ छ ।

उक्त कार्यक्रमका सहभागीहरूले अत्याधुनिक जीवनशैलीका कारण मानव स्वास्थ्य सर्नेभन्दा नसर्ने रोगले ग्रसित हुँदै गएकाले आलीदेखि थालीसम्म आउने वस्तु स्वच्छ र सुरक्षित हुनुपर्ने सुझाव दिएका छन् । सहभागीहरूले नागरिकको सोच, स्वाद र दृष्टिमा दोष एवं भ्रम भएकाले त्यसलाई चिर्नका लागि खाद्य उपभोगका बारेमा सचेतनामूलक कार्यक्रम आवश्यक भएको सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

Facebook Comments Box
अभियन्ता दुर्गा प्रसाईँ पक्राउ, अनुसन्धान अघि बढ्यो
आज चैते दसैंको घटस्थापना, बिहान ७:५१ मा शुभ साइत
‘राजनीतिप्रति घृणा फैलाउने काम भइरहेको छ’
अध्यक्ष ओली आज झापाको दमक आउनुहुँदै
बेमौसमी वर्षाले ९ करोड बराबरको काँचो इँटामा क्षति

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?