By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बेमौसमी वर्षाले ९ करोड बराबरको काँचो इँटामा क्षति

बेमौसमी वर्षाले ९ करोड बराबरको काँचो इँटामा क्षति

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ८, आईतवार १५:५४

नेपालगञ्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब ९ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ।

इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठुलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई रु आठ करोड ७५ लाख बराबरको क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले जानकारी दिए । उनले बेमौसमी वर्षाले एउटा उद्योगमा मात्र करिब पाँच लाख काँचो इँटा नष्ट भएको उल्लेख गरे।

व्यवसायी अधिकारीले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख काँचो इँटा नष्ट भएकाले रु आठ करोड ७५ लाख बराबरको क्षति भएको बताउनुभयो । एउटा काँचो इँटाको मूल्य रु २.५० पैसा पर्ने अधिकारीले बताए।

व्यवसायीका अनुसार खुलाचौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटा पानीले भिजेर माटोमा परिणत भएका छन् । कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठूलो क्षति बेहोर्नु परेको बाँकेका व्यवसायीहरुको भनाइ छ।

इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीले ठुलो क्षति बेहोर्नु परेको बताए। उनले सरकारले काँचो इँटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको उल्लेख गरे।

Facebook Comments Box
चितवन-२ : १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय
प्रत्यक्षतर्फ १६५ सिटमध्ये ३ प्रदेशमा एमालेको प्रतिनिधित्व शून्य
अन्तर्राष्ट्रिय विमान सेवाद्वारा मध्यपूर्वका उडान स्थगित
निर्वाचन प्रहरीको मृत्यु
इन्धनको मूल्य बढ्यो

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?