By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ८, आईतवार १७:०६

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ।

आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा रू २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूह चार दशमलव २१ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ४९, विकास बैंक दुई दशमलव ४६, वित्त दुई दशमलव १३, होटल तथा पर्यटन तीन दशमलव ०५ र जलविद्युत् समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी शून्य दशमलव ७७, जीवन बीमा दुई, उत्पादन तथा प्रशोधन एक दशमलव ९३, म्युचुअल फन्ड एक दशमलव २४ र निर्जीवन बीमा समूह दुई दशमलव ७२ प्रतिशतले बढेको छ।

नेप्सेका अनुसार छ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको रू ८५ करोड ९६ लाख १५ हजार ६८३ बराबरको ३५ लाख ४६ हजार ८५३ कित्ता शेयर खरिदबिक्री भएको छ।

Facebook Comments Box
चार हजार नौ सयले बढ्यो सुनको मूल्य
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
आजको मौसम
आज तोलामा दुई हजार रूपयाँ घट्यो सुनको भाउ

थप समाचार

मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु

विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

नवलपरासीमा आगलागी, १२ घर जले

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?