By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ९, बुधबार १५:२९

मकवानपुर। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृह मन्त्रालयको नेतृत्व सम्हाले । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनाव जितेका गुरुङले त्यसैदिनबाट आफ्नो रफ्तार बढाएका थिए।

तर, लगातार विवादमा परेपछि उनले २६ दिनमा राजीनामा दिन बाध्य भएका छन् । बुधबार गुरुङले प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाहलाई राजीनामा बुझाएका हुन्।

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न हतार गरेका गृहमन्त्री गुरुङ विवाद र चर्चाको केन्द्रमा रहे ।

मन्त्री भएको भोलिपल्ट बिहानै ओली र लेखक पक्राउ परेपछि गुरुङले सामाजिक सञ्जाल (फेसबुक)मा जेनजी आन्दोलनका सहिदको शवको तस्बिर राखेर लेखे, ‘प्रतिज्ञा भनेको प्रतिज्ञा हो स् कानुन भन्दा माथि कोही छैन, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’

उनले लगातार हाइप्रोफाइलहरु पक्राउको शृङ्खला सुरु गरे । पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे । हाइप्रोफाइल पक्राउ गरेपछि गुरुङले सामाजिक सञ्जालमार्फत सङ्ख्या उल्लेख गर्दै ‘काउण्ड डाउन’ सुरु गरेका थिए । उनले पक्राउ गरेका आरोपीहरू मध्ये व्यापारी सुलभ अग्रवाल र दीपक भट्ट मात्रै अहिले थुनामा छन् ।

केपी ओली, रमेश लेखक, लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा र दीपक खड्का अदालतको आदेशले छुटेपछि वैशाख ३ मा साँझ पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, ‘मन्त्री भन्दा जज (न्यायाधीश) शक्तिशाली हुने रहेछ, म अब कानुन पढ्दै छु ।’

गृहमन्त्री बनेको २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
चैत २९ मा मन्त्री परिषद्को निर्णय अनुसार प्रधानमन्त्री कार्यालयले विवरण गरेको सम्पत्ति विवरणमा सुधन गुरुङ र परिवारको नाममा करिब २६० रोपनी जग्गा रहेको उल्लेख गरिएको थियो । ८९ तोला सुन र ६ किलो चाँदी गुरुङको सम्पत्तिको विवरणमा उल्लेख भएको भेटिएपछि सामाजिक सञ्जालमा उनको आलोचना भयो । त्यसपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘तिमि जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।’

तीव्र आलोचना भएपछि गुरुङले सामाजिक सञ्जालबाट आफ्नो स्ट्याटस हटाए । त्यसपछि गुरुङ रक्षात्मक बनेको उनलाई नजिकबाट बुझ्नेहरू बताउँछन् । भूमि सम्बन्धी ऐन अनुसार गुरुङलाई जग्गाको हदबन्दी लाग्न सक्छ । पोखरामा २० रोपनी जग्गा भाडामा लिएर भाडा नतिरेको घटनामा पनि गुरुङको तीव्र आलोचना भयो।

पछिल्लो समय उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका दीपक भट्टको कम्पनीमा साझेदार रहेको तथ्य बाहिरियो । भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा उनीमाथि धेरै प्रश्न उठ्यो।

रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सो सापटी लिएर सेयर किनेको दाबी गरे । तर, प्रश्न रोकिएनन् । कुल ५० लाख मूल्य बराबरको सेयर र भट्टसँगको ‘कनेक्सन’बारे चित्तबुझ्दो जवाफ दिन नसकेपछि गुरुङको गृह मन्त्रालयको यात्रामा ब्रेक लागको छ । गुरुङ अब पूर्व मन्त्री र रास्वपाका सांसद मात्र भएका छन् ।

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ
गृहमन्त्री गुरुङ चैत २४ मा काभ्रेको रोशी खोलामा पुगे । २०८१ असोज १२ मा आएको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग अनुगमन गर्दै उनले निर्माणाधीन सड्क चाँडो पुरा गर्न र डेब्रिज नखस्ने गरी सुरक्षित सड्क बनाउन सडकका कर्मचारीलाई निर्देशन दिए।

चैत ३० मा उनले नारायणगढ–बुटवल सडक खण्ड अवलोकन गरे । सो सड्क लामो समयदेखि अलपत्र परेको बारे चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग गम्भीर असन्तुष्टि जनाए । उनले सडकको काम तीव्र गतिमा अघि बढाउन चिनियाँ कम्पनीका अधिकारीहरूलाई निर्देशन दिए । दुई वटा सड्क अनुगमन र निर्देशन दिँदा गृहमन्त्री गुरुङले आफ्नो कार्यक्षेत्रबारे ध्यान नदिएको भनेर आलोचना भएको थियो।

Facebook Comments Box
बुटवल-नारायणगढ सडक अवरुद्ध
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
वैदेशिक श्रमिक सेवामा बिखण्डन अन्त्य गर्न एकीकृत प्रणाली
स्वास्थ्य सेवा पहुँचका लागि कदम: ३५ दुर्गम गाउँपालिकालाई एम्बुलेन्स वितरण
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

थप समाचार

मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु

विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

नवलपरासीमा आगलागी, १२ घर जले

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?