By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र १९, बिहीबार १४:०६

थिम्पु । पश्चिम एसियामा जारी युद्धको प्रत्यक्ष असर हिमालय राष्ट्र भुटानसम्म पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेपछि भुटान सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ, जसले सर्वसाधारणको दैनिक जीवनमा थप दबाब सिर्जना गरेको छ ।

सरकारले बुधबार राति इन्धनको नयाँ मूल्य सार्वजनिक गर्दै पछिल्ला हप्ताहरूमा विश्व बजारमा आएको मूल्यवृद्धि आफ्नो नियन्त्रणभन्दा बाहिरका कारणले भएको स्पष्ट पारेको छ । ऊर्जा बचतका लागि विभिन्न उपायहरू पनि एकैसाथ लागू गरिएको जनाइएको छ ।

भूपरिवेष्टित देश भुटानले आफ्नो सम्पूर्ण इन्धन भारतमार्फत आयात गर्छ । आपूर्ति अवरोध र मूल्यवृद्धिको प्रभाव राजधानी थिम्पूमा स्पष्ट देखिएको छ, जहाँ पेट्रोल पम्पहरूमा लामो लाइन लागेको दृश्य देखिएको छ ।

स्थानीय बासिन्दाहरूले परिस्थितिप्रति आफूहरू केही गर्न नसक्ने अवस्थामा रहेको बताएका छन् । थिम्पूका ४० वर्षीय कर्मा काल्डेनले सरकारको प्रत्यक्ष दोष नभए पनि अन्तर्राष्ट्रिय युद्ध र भारतमा भएको मूल्यवृद्धिको असरबाट आफूहरू जोगिन नसकेको बताए।

कार्बन–नेगेटिभ देशका रूपमा चिनिने भुटानले जलविद्युत् उत्पादनमा ठूलो लगानी गर्दै आएको छ र छिमेकी भारतलाई विद्युत निर्यात गरेर आम्दानी गर्ने गरेको छ । तर इन्धनको सन्दर्भमा पूर्ण रूपमा आयातमा निर्भर रहनु परेकाले यस्तो सङ्कटको प्रभाव प्रत्यक्ष रूपमा भोग्नुपरेको हो ।

मध्यपूर्वमा फेब्रुअरी २८ देखि युद्ध सुरु भएयता पेट्रोलको मूल्य ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । फेब्रुअरीमा करिब ६५ देखि ९५ न्गुल्ट्रुम प्रतिलिटर रहेको मूल्य अप्रिल १ सम्म आइपुग्दा सरकारद्वारा अनुदानित दरमा समेत उल्लेखनीय रूपमा बढेको छ ।

यसअघि, सरकारले मार्च २१ देखि इन्धन अनुदान कार्यक्रम लागू गरेको थियो, जसको उद्देश्य घरपरिवार र अर्थतन्त्रमा पर्ने असर कम गर्नु थियो । तर निरन्तरको मूल्यवृद्धिका कारण अनुदानले मात्र स्थिति नियन्त्रणमा राख्न कठिन भएको देखिएको छ ।

सरकारले बढ्दो आर्थिक दबाबलाई ध्यानमा राख्दै सर्वसाधारण र सरकारी निकायलाई इन्धन बचत गर्न आह्वान गरेको छ । सार्वजनिक सेवा निकायहरूलाई अनावश्यक यात्रा नगर्न, सकेसम्म पैदल हिँड्न र टाढाबाट काम गर्ने जस्ता उपाय अपनाउन निर्देशन दिइएको छ ।

Facebook Comments Box
भीमफेदीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री
यस्तो छ मकवानपुर–२ का उम्मेदवार महेश बर्तौलाको १० बुँदे प्रतिवद्धता
जाजरकोटमा बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु
आज सुनचाँदीको मूल्य घट्यो

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?