By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » श्रम संस्कृति पार्टीले समानुपातिकमा राप्रपालाई हरायो

श्रम संस्कृति पार्टीले समानुपातिकमा राप्रपालाई हरायो

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २५, सोमबार ११:३९

मकवानपुर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जितेको छ।

सोमबार बिहान १०:२४ बजेसम्मको मतगणना अनुसार ८२ लाख ८३ हजार ९१७ मत गणना हुँदा श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ८३३ मत पाएको छ।

श्रम संस्कृतिले पाएको मत हाल गणना सकिएको मतको ३.४९ प्रतिशत हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी ‍(राप्रपा)ले अहिलेसम्म २ लाख ७४ हजार ८१४ मत पाएको छ। राप्रपाले प्राप्त गरेको मत हालसम्म गणना भएको मतको ३.१७ प्रतिशत हो।

यसअनुसार श्रम संस्कृतिले हालसम्म राप्रपाभन्दा १५ हजार १९ बढी मत पाएको छ।

यी दुवै दलले हालसम्म गणना भएको मतको तीन प्रतिशत मत प्राप्त गरेका छन्।

गणना सम्पन्न हुँदासम्म तीन प्रतिशत कायम नराखे राष्ट्रिय दल कायम रहँदैनन्।

निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो। निर्वाचनको’ट्रेण्ड’ हेर्दा ५ लाख हाराहारीमा मत बदर हुने देखिन्छ।

यो हिसाबमा राष्ट्रिय दलको मान्यता पाउन ३ लाख १२ हजार हाराहारिमा मत प्राप्त गर्नुपर्नेछ। अब संखुवासभा, इलाम-१, अछाम-२, बाजुरा, गोरखाको दुबै क्षेत्र, धनुषाको १ र २ गन्न बाँकी छ।

प्रत्यक्षतर्फ पनि श्रम संस्कृति पार्टीले तीन सिट जितिसकेको छ।

भोजपुरमा ध्रुवराज राई, सुनसरी-१ हर्कराज राई र खोटाङमा आरेन राई निर्वाचित भइसकेका छन्। इलाममा श्रम संस्कृतिकै विनोद नेम्बाङले कांग्रेसका निश्कल राईलाई टक्कर दिइरहेका छन्।

राप्रपाले भने प्रत्यक्षमा एउटा सिट मात्रै जितेको छ। जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले मात्रै प्रत्यक्षबाट चुनाव जिते।

Facebook Comments Box
जाडोका कारण यारी नाका भन्सार कार्यालय तीन महिना बन्द
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
वन डढेलो रोक्न भोजपुरमा सप्ताहव्यापी अभियान
निर्वाचन विरोधीलाई सिधै अदालतमा पेश गर्छौंः गृहमन्त्री
‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?