By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » कर्णालीका ६ क्षेत्रको अपडेट

कर्णालीका ६ क्षेत्रको अपडेट

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २२, शुक्रबार १२:४७

मकवानपुर। शुक्रबार दिउँसो १२ बजेसम्म कर्णालीका ६ वटा निर्वाचन क्षेत्रहरूमा मतगणना जारी छ । केही क्षेत्रमा भर्खरै सुरु भएको छ भने ६ क्षेत्रमा पहिलो चरणका रिपोर्टहरू आइसकेका छन् । सोही अन्तर्गत अहिलेसम्म सुर्खेत—१, दैलेख—१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ भने सुर्खेत—२ मा नेकपा एमालेले अग्रता लिएको छ ।

त्यस्तै, कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी र जुम्लामा राप्रपाले अग्रता लिएको छ । रुकुम पश्चिममा जनार्दन शर्मा ‘प्रभाकर’को प्रलोपाले लिड गरेको छ ।

यस्तो त मतपरिणाम

सुर्खेत १ मा १९९० मत गणना गर्दा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत पाएका छन् । रास्वपाका टेकबहादुर सिंहले ५४५ सहित दोस्रो स्थान पाउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाएका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले ७७ र राप्रपाका रविकिरण हमालले १७ मत पाएका छन् । बदर मत ८४ रहेको छ । सुर्खेत(२ मा सुरुमा कांग्रेसले लिड गरे पनि अहिले एमालेका कुलमणि देवकोटाले ३१६ मतसहित लिड गरेका छन् ।

त्यस्तै, कांग्रेसका कोइरालाले २१८, रास्वपाका रमेशकुमार सापकोटाले १२७ र नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०७ मत पाएका छन् ।

उता, दैलेख(१ मा कांग्रेसकी बासना थापा निरन्तर अगाडी छन् । उनले १९४९ मतसहित लिड गरेकी छिन् । यहाँ एमालेका रविन्द्र शर्माले १४७५, रास्वपाका नन्दकिशोर बस्नेतले १०२४ र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले १२९ मत पाएका छन् ।

त्यस्तै, कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले निरन्तर लिड गरिरहेका छन् । पलाँता, पचालझरना र नरहरिनाथ गाउँपालिका र तिलागुफका केही वडाको मतगणना गर्दा शाहीले ४८३६ मत पाएका छन् ।

त्यस्तै, कांग्रेसका हर्षबहादुर बमले ३५९०, एमालेका नगीन्द्र शाहीले ३४३२ मत र नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले २३३९ मत पाएका छन् । रास्वपाले ७९० मत मात्रै पाएको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले निरन्तर लिड गरिरहेका छन् । नेकपाका नरेश भण्डारी दोस्रो स्थानमा छन्, जुम्लामा ।

यसैबिच रुकुम पश्चिमको पनि पहिलो पटकको विवरण आएको छ । आठबिसकोट १ र ३ को जम्मा ९०२ मत गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शर्माले ४१२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७ मत ल्याएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका राजु केसीले ८८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ८२ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box
आशा भोसलेलाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिँदै छ।
ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री
प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै ज्ञापनपत्र
आइसिसी टी-२० विश्वकप: न्युजिल्याण्ड र श्रीलंका भिड्दै
लामिछानेको चुनावी खर्च विवरण आयोगमा

थप समाचार

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

नारायणी सिँचाइको जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण प्रक्रिया अगाडि बढ्यो

सार्वजनिक यातायात भाडा फेरि हेरफेरको माग, बढाएको सातामै दबाब

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?