By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सिन्धुलीमा बिहान ११ बजेबाट मतगणना सुरु गरिने

सिन्धुलीमा बिहान ११ बजेबाट मतगणना सुरु गरिने

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २२, शुक्रबार ११:०२

मकवानपुर । सिन्धुलीमा प्रतिनिधिसभा निर्वाचनको मत गणना बिहान ११ बजेबाट गरिने भएको छ । सिन्धुलीमा बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना गर्ने सहमति जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको सभा हलमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिए । उनकाअनुसार जिल्लाको दुवै निर्वाचन क्षेत्रको मतगणना बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सिन्धुली–१ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको भुईतला र मकवानपुर–२ को सोही भवनको दोस्रो तलामा ३÷३ स्थानबाट मतगणना गरिनेछ ।

सिन्धुली–१ मा फिक्कल गाउँपालिकाबाट मतगणना सुरु गरिने छ भने त्यसपछि क्रमशः गोलञ्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका हुँदै अन्तिममा कमलामाई नगरपालिकाको वडा नम्बर ९, १३ र १४ को मतगणना गरिने सर्वदलीय बैठकको निर्णय छ ।

त्यसैगरी, सिन्धुली–२ को मतगणना सुनेकासी गाउँपालिकाबाट सुरु गरिने र क्रमशः घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र अन्तिममा कमलामाई नगरपालिकाको मतगणना गरिने छ ।

सिन्धुलीमा बिहीबार सम्पन्न मतदानमा ५३।५८ प्रतिशत मत खसेको छ । कुल २ लाख १५ हजार १९ मतदातामध्ये १ लाख १५ हजार २१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

Facebook Comments Box
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
पाटनको कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार, दाजुभाइको हत्या
झिनो मतले हारे भीम रावल, कांग्रेस विजयी
ट्रकको ठक्करबाट युवकको मृत्यु
आज सुनको भाउ बढ्यो

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?