By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » निर्वाचनको उत्साहस् हेटौंडाका मतदान केन्द्रमा मतदाताको बाक्लो उपस्थिति

निर्वाचनको उत्साहस् हेटौंडाका मतदान केन्द्रमा मतदाताको बाक्लो उपस्थिति

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २१, बिहीबार ०९:४९

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मकवानपुर जिल्लाभरका मतदान केन्द्रमा मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको छ । बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा पुगेर लाइनमा उभिँदै आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् भने जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको छ ।

निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिता देखिएको छ । हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका दशवटै स्थानीय तहका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भीड देखिएको छ । केही केन्द्रहरूमा त मतदाताको लामो लाइन नै लागेको दृश्यले निर्वाचनप्रति नागरिकको उत्साह र चासो प्रस्ट देखाएको छ ।

जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीको संयुक्त टोली मतदान केन्द्र र आसपासका क्षेत्रमा परिचालित छन् । यसका साथै मतदान केन्द्रमा आवश्यक कर्मचारी, सामग्री र व्यवस्थापन मिलाइएकाले मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म कुनै अप्रिय घटना बिना जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरू निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

यसैबीच, मतदानलाई व्यवस्थित बनाउन मतदान अधिकृत तथा कर्मचारीहरू सक्रिय रूपमा खटिएका छन् । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा गर्भवती महिलालाई प्राथमिकताका साथ मतदान गराउने व्यवस्था समेत मिलाइएको छ ।

Facebook Comments Box
सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो
सुनचाँदीको भाउमा लगातार बढ्दो
झापा– १ मा रास्वपाका डाँगीको अग्रता
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
मतदाता नामावली संकलनको म्याद पाँच दिन थप्ने तयारी

थप समाचार

सार्वजनिक यातायात भाडा फेरि हेरफेरको माग, बढाएको सातामै दबाब

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?