By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » वैदेशिक श्रमिक सेवामा बिखण्डन अन्त्य गर्न एकीकृत प्रणाली

वैदेशिक श्रमिक सेवामा बिखण्डन अन्त्य गर्न एकीकृत प्रणाली

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन ११, सोमबार १७:५७

काठमाडौं । सरोकार भएकाहरूले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सबै सेवा सुविधा एकीकृत प्रणालीमार्फत वितरण गर्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोषलगायत सेवाको एकद्वार प्रणाली लागू गर्दा श्रमिकको समय र खर्चको बचत हुने उनीहरूको धारणा छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘वैदेशिक रोजगारमा श्रमिकको सहजतासम्बन्धी निजी क्षेत्रको धारणा’ विषयक छलफलमा निजी, सरकारी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी एवं विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूबिच विचारविमर्श भएको थियो ।

छलफलमा राष्ट्रिय जीवन बिमा कम्पनीका सहायक व्यवस्थापक सुजितप्रसाद साहले वैदेशिक रोजगारमा जाने श्रमिकले अनिर्वाय बिमा गर्नुपर्ने भनिए पनि श्रमिकले पर्याप्त जानकारी नपाउँदा पूर्ण रूपमा लागू हुन नसकेको बताए । उनले वैदेशिक रोजगार व्यवसायीले बिमा गरिए पनि श्रमिकलाई त्यसको फाइदा र बेफाइदा नै थाहा नपाउने चुनौती रहेको बताए।

राष्ट्रिय व्यवसाय सीप प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य विष्णुगोपाल गड्तौलाले २०६० सालदेखि वैदेशिक रोजगारमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम दिने व्यवस्था सुरु भएको बताउँदै वर्तमान अवस्थामा आइपुग्दा समयसापेक्ष पाठ्यक्रम परिमार्जन गर्न जरुरी रहेको बताए। सरकारलाई पटकपटक पाठ्यक्रम परिमार्जन गर्न दबाब दिइएको भन्दै उनले प्रशिक्षणमा शिक्षकहरूको अभाव भए पनि पहिलाभन्दा तालिम प्रभावकारी बनाउने प्रयत्न गरिएको जानकारी दिए।

नेपाल मेडिकल व्यवसायी सङ्घका प्रतिनिधि निपोन शेरचनले खाडी मुलुकमा जाने श्रमिकलाई गर्मीको समस्याले गर्दा केही महत्त्वपूर्ण जाँच अनिवार्य गर्नुपरेको बताउनुभयो । यसकारण ३८ प्रकारका स्वास्थ्य परीक्षण मापदण्ड अनिवार्य भएको उनले खुलाए।

आप्रवासी महिला कामदार समूहका प्रतिनिधि विजया श्रेष्ठले सरकारले अनिवार्य गरेको बिमा, सामाजिक सुरक्षा कोषलगायत सेवा वितरण एउटै प्रणालीबाट लागू हुनसके श्रमिकले कठिन प्रक्रिया झेल्नु नपर्ने बताउनुभयो । श्रमिकले सजिलै सेवा पाउन डिजिटल प्रणाली अब्बल बनाउनु आवश्यक रहेको उनको सुझाव थियो।

वैदेशिक रोजगार बोर्ड सचिवालयका पूर्वकार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारलाई श्रमिकमैत्री बनाउन एकीकृत सेवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारको श्रम रोजगार नीति बनाउने प्रक्रियामा सुरु भएको जानकारी दिए।

सञ्जालका उपाध्यक्ष चाँदनी राणाले सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार व्यवसाय बनाउन सरकार, निजी क्षेत्र र नागरिक समाजको ऐक्यबद्धता जरूरी रहेको बताए।

Facebook Comments Box
‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते
सुनको मुल्य बढ्यो
आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा
धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षाको सम्भावना
करोडौँ लगानीमा फलेवास नगरपालिकाको भवन तयार

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?