मकवानपुर । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ३ हजारले घटेर तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ।
यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।
महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर तोलाको ४८६० मा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४९८५ मा कारोबार भएको थियो।
Facebook Comments Box
