By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सामुदायिक कुकुर व्यवस्थापनमा समस्या

सामुदायिक कुकुर व्यवस्थापनमा समस्या

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष २५, शुक्रबार ११:०८

मकवानपुर । गुल्मीको सदरमुकाम तम्घासमा सामुदायिक कुकुर व्यवस्थापन गर्न सकस भएको छ । सडकचोक नै ढाक्ने कुकुर व्यवस्थापन हुन नसक्दा सवारीचालक तथा विद्यालय जाने विद्यार्थीलाई त्रास पैदा भएको गुनासो गर्दै आएका छन् ।

सदरमुकाम तम्घासमा व्यापार गर्दै आउनुभएका जनक पन्तले तम्घास बजारमा भुस्याहा कुकुर भुकेका कारण राति आनन्दसँग सुत्नसमेत नपाएको गुनासो गर्नुभयो । सडकमा सवारी चलाउँदा छाडा कुकुरका कारण थप दुर्घटना निम्त्याउने जोखिम बढेको र रातको समयमा सडकमै कुकुर भुक्ने र व्यक्तिको पिछा लाग्ने भएका कारण पनि ज्यान बचाउनै समस्या हुने गरेको उहाँको भनाइ छ ।

रेसुङ्गा नगरपालिका–१ का अनिल कुँवरले राति घर जाँदा र आउँदा पनि बाटोका कुकुरले झम्टिने भएका कारण चुनौती देखिएको र यसको व्यवस्थापनमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

रेसुङ्गा नगरपालिका, पशुसेवा शाखाका हिक्मतसिंह महराका अनुसार गाउँबाट तम्घासमा छाडा कुकुर आउने र उनीहरूले बच्चा जन्माउने भएका कारण समस्या भएको बताउनुभयो । नगरभित्र रहेका छाडा कुकुरलाई स्थायी बन्ध्याकरण गर्दै आए पनि गाउँबाट आउने कुकुरको सङ्ख्यामा वृद्धि भएका कारण व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ ।

रेसुङ्गा नगरपालिकामा दर्ता भएका घरपालुवा कुकुर हालसम्म पनि नवीकरण भएका छैनन् । पशु विकास शाखाका अनुसार गत आर्थिक वर्षमा ४७ वटा घरपालुवा कुकुर दर्ता भएका भए पनि हालसम्म कुनैको पनि नवीकरण भएको छैन । नवीकरण गर्नका लागि आग्रह गर्दै आए पनि नवीकरण हुन नसकेको र अहिले सूचना जारी गरेको महराले बताउनुभयो ।

घरपालुवा कुकुर दर्ताका लागि नगरपालिकाले तीन सय रुपियाँ र नवीकरणका लागि एक सय रुपियाँ शुल्क निर्धारण गरेको छ । गत आवमा नगरपालिकाले १०७ कुकुरको स्थायी बन्ध्याकरण गरेको पशु विकास शाखाले जनाएको छ ।

Facebook Comments Box
अवैध नदीजन्य पदार्थ बोकेका ट्रिपरमाथि प्रशासनको कडा निगरानी
मुख्यमन्त्री आचार्यद्वारा क्षति पुगेका संरचनाको अनुगमन
सुनको मूल्य बढ्यो
उज्यालो बागलुङ कार्यक्रम: ‘हाइमास्ट’ प्रविधिको सडक बत्ती जडान
रास्वपामा बालेन प्रवेश : सातबुँदे सहमतिसँगै सत्ता साझेदारीको खाका तय

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?