By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » काजकिरिया सकेर फर्किएका इन्जिनियरको हत्या

काजकिरिया सकेर फर्किएका इन्जिनियरको हत्या

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन ४, सोमबार ११:३८

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बेलुका गोली प्रहार गरी इन्जिनियरको हत्या भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला पूर्वाधार कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवलाई आइतबार बेलुका ८ बजेतिर मलङ्गवा नगरपालिका १० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । मृतक इन्जिनियर यादवको घर भने सिराहाको सुखीपुर नगरपालिका ६ वैशाखा हो ।

प्रहरीका अनुसार इन्जिनियर यादव आइतबार दिउँसो मात्र भर्खरै निधन भएका बाबुको काजकिरिया सकेर मलङ्गवा फर्किएको पाइएको छ । “उहाँको बुवा बितेपछि काम सकेर आइतबार दिउँसो २र३ बजेतिर मात्र मलङ्गवा आएको भन्ने बुझिएको छ,” सर्लाही प्रहरीका प्रमुख योगेन्द्रकुमार खड्काले भन्नुभयो, “घरबाट फर्किए लगत्तै घटना भएको देखिन्छ । यसबारेमा थप बुझ्ने काम हुँदै छ ।”

स्थानीयका अनुसार मोटरसाइकल चढेर आएका दुई जना मानिसले इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेका हुन् । यादवको छातीमा गोली प्रहार भएको छ ।

घटनास्थलबाट गोलीको एक थान खोका बराबद भएको एसपी खड्काले बताउनुभयो । सानो हतियार ९पेस्तोल० बाट गोली प्रहार भएको जस्तो देखिने एसपी खड्काले जानकारी दिनुभयो ।

गोली प्रहारपछि कोठा गरेर बसेको घरको बरण्डामा ढलेका इन्जिनियर यादवलाई एसपी खड्कासहितको प्रहरी टोली पुगेर प्रादेशिक अस्पताल मलङ्गवा लगेको थियो । उहाँको शव पोस्टमार्टमका लागि सोही अस्पतालमै रहेको छ ।

इन्जिनियर यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन् । “उहाँमाथि कार्यालयकै कुनै विषय वा पारिवारिक के कारणले गोली प्रहार हो भन्ने खुल्न सकेको छैन्,” एसपी खड्काले भन्नुभयो, “अब आज (सोमबार)उहाँको श्रीमती र परिवारसँग कुराकानी गरेपछि थप विषय खुल्दै जाला ।”

इन्जिनियर यादव श्रीमती र दुई वर्षकी छोरीसँगै मलङ्गवामा कार्यालय नजिकै डेरा गरेर बस्दै आउनुभएको थियो । आइतबार बेलुका इन्जिनियर यादवमाथि गोली प्रहार हुनासाथ मलङ्गवा क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी रातभरजसो अभियुक्तको खोजी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० रामुराज कडरियाले बताउनुभयो ।

मलङ्गवाबाट नेपाल–भारत सीमा (बोर्डर) नजिकै पर्ने भएकाले गोली प्रहारमा संलग्न व्यक्ति भारततर्फ फरार भएको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरीले अब आज ९सोमबार० घटनास्थल वरपरको सिसिटिभी फुटेज सङ्कलन गरेर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

Facebook Comments Box
बेलायतमा दक्षिणपन्थी प्रदर्शन, प्रधानमन्त्रीद्वारा निन्दा
भोलि पहाडी तथा हिमाली क्षेत्रमा हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना
आक्रमणपछि अमेरिकी सैनिकमा ठूलो क्षति
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
स्वीट्जरल्यान्डको कन्स्टेलेसन बारमा विस्फोट

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?