By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » इरानमा जारी प्रदर्शन,मृत्यु हुनेको संख्या २००० नाघ्यो

इरानमा जारी प्रदर्शन,मृत्यु हुनेको संख्या २००० नाघ्यो

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष ३०, बुधबार ११:०१

मकवानपुर ।  इरानमा जारी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको छ। इरानमा अमेरिका आधारित मानवअधिकारवादी समाचार संस्था एचआरएएनएलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने मृत्यु हुनेको संख्या २००३ पुगेको भनेर इरानी अधिकारीहरूलाई उद्धृत गरेर लेखेको छ। इरानी अधिकारीहरुले पनि मृतकको संख्या तीव्र रूपमा बढेको र २ हजार नाघेको जनाएका छन्।

प्रदर्शन चर्किँदै जाँदा पहिलो पटक इरानको सरकारी अधिकारीले पहिलोपटक मृतकहरुको संख्या सार्वजनिक गरेको रोयटर्सले जनाएको छ। प्रदर्शनमा सहमागी १६ हजार ७८४ जनालाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको छ।

मृत्यु भएकामध्ये १ हजार ८५० जना प्रदर्शनकारी रहेको पनि बताइएको छ। प्रदर्शनमा सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। इरानले हिंसात्मक प्रदर्शन चर्किनुमा अमेरिका र इसराइललाई दोष लगाएको छ। इरानमा प्रदर्शन सुरू भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार प्रदर्शनकारीको पक्षमा अभिव्यक्ति दिइरहेका छन्।

उनले प्रदर्शनकारीहरूलाई बँचाउन अमेरिका आउने र प्रदर्शनकारीमाथि गोली चलाउने इरानी नेतृत्वलाई सैन्य कारबाहीसम्मको चेतावनी दिएका थिए। ट्रम्पले इरानी नेतृत्वमाथि दबाब बढाउन इरानसँग व्यापार गर्ने देशहरूलाई थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्।

सुरूवातमा इरानी मुद्राको बढ्दो अवमूल्यन र महँगीको विरोधमा सुरू भएको प्रदर्शन विस्तारै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई हटाउनुपर्ने मागसम्म पुगेको छ। उक्त मामिला आफ्नो आन्तरिक मामिला भएको बताउँदै हस्तक्षेप नगर्न चेतावनी दिएको थियो।

सर्वोच्च नेता खामेनीले हिंसात्मक प्रदर्शनकारीहरूलाई आतंककारीको संज्ञा दिँदै परिस्थिति नियन्त्रणमा लिनका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका थिए। राष्ट्रपति ट्रम्पले इरानको परिस्थितिमा अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भनेर आफ्ना वरिष्ठ सैन्य अधिकारीहरूसँग ब्रिफिङ समेत लिएका थिए।

यसमा चार वटा विकल्पमा छलफल भएको रोयटर्सले जनाएको छ।

पहिलो सैन्य कारबाही।

अमेरिकाले भर्खरै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनीहरूकै देशबाट उठायो। कराकसमा सैन्य हमला गरेर अमेरिकाले मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्क पुर्‍याएको थियो। ट्रम्पले इरानमा पनि त्यसरी नै सैन्य कारबाही गर्ने सक्ने बारे छलफल भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकाले त्यसो गरे मध्यपूर्वको क्षेत्रीय सन्तुलन अझै खलबलिने छ। इरानले इसराइल र मध्यपूर्वका अन्य देशमा रहेको अमेरिकी सैन्य संरचनामा हमला गर्न सक्नेछ। केही अधिकारीहरूले त्यस्तो चेतावनी पनि दिइसकेका छन्।

दोस्रो विकल्प इरानमा गोप्य साइबर हमला, तेस्रो विकल्पमा उसलाई अझै कडा प्रतिबन्ध लगाउने र चौथो विकल्पमा सरकारविरोधी समूहलाई अनलाइन सहयोग गर्ने सम्मका छलफल भएको भनिएको छ।

ट्रम्पले तीमध्ये अहिले इरानी नेतृत्वलाई दबाब दिन ऊसँग व्यापार गर्ने देशहरूलाई भन्सार शुल्क बढाउने कदम चालेका छन्। यद्यपि हामीसँग धेरै र निकै कडा विकल्पहरू छन्,ु ट्रम्पले एयरफोर्स वानमा पत्रकारहरूसँग भनेका छन्।

अमेरिकी सम्भावित हमलालाई लिएर इरान पनि सतर्क रहेको त्यहाँका स्रोतको हवाला दिँदै रोयटर्सले लेखेको छ। इरानभित्रै अमेरिका र इसराइलको विरोधमा सोमबार शान्तिपूर्ण र्‍याली आह्वान भएको छ।

इरानमा डिसेम्बर २८ देखि प्रदर्शन सुरू भएको थियो। प्रदर्शन हिंसात्मक र तीव्र बन्दै गएपछि देशभर इन्टरनेट सेवा अवरूद्ध छ। यसले सूचनाको प्रवाह कठिन बनेको छ। ट्रम्पले इलन मस्कसँग स्टारलिङ्कमार्फत इरानमा इन्टरनेट पुनःस्थापना गर्नेबारे छलफल गर्ने बताएको रोयटर्सले लेखेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति र शान्तिपूर्ण भेलाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन्।

Facebook Comments Box
हेटौंडा–५ लाई बालमैत्री वडा घोषणा गरिँदै
भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी आफैं फर्किए
गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एनपीएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?