By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » टुँडिखेलमा ‘विश्व ध्यान दिवसु मनाइँदै

टुँडिखेलमा ‘विश्व ध्यान दिवसु मनाइँदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष ६, आईतवार ११:४५

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ ।

यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । ध्यान दिवस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा शर्मा गौतम र ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणलगायत व्यक्तित्वहरुको सहभागिता थियो ।

संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाइएको हो ।

नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।

Facebook Comments Box
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडान भरिभराउ
आज जनआन्दोलन दिवस मनाइँ
एपीएफले आज अल नासरसँग खेल्दै
आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?