By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एसईईका परीक्षार्थीलाई खाना र आवासको व्यवस्था हुन्छः अध्यक्ष मुक्तान

एसईईका परीक्षार्थीलाई खाना र आवासको व्यवस्था हुन्छः अध्यक्ष मुक्तान

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर १०, बुधबार ११:४३

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी चैतमा सञ्चालन हुने एसईई परीक्षार्थीहरुलाई खाना र आवासको व्यवस्था गर्ने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । मंगलबार कालिका माविमा आयोजित कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले अन्य तहमा परीक्षा केन्द्र रहेर परीक्षा दिने विद्यार्थीहरुका लागि खाना र आवासको व्यवस्था गरिने बताउनु भएको हो ।

गत वर्षबाट गाउँपालिकामा कालिका मावि परीक्षा केन्द्र तोकिएसँगै विद्यार्थीहरुलाई सहजता भएको उहाँले बताउनुभयो । कालिका माविका विद्यार्थीले भने हेटौंडामा परीक्षा दिनुपर्ने भएकाले उनीहरुको लागि पनि गाउँपालिकाले खाना र आवासको व्यवस्था गर्ने बताउनुभयो ।

विद्यार्थीहरुले लगनशीलताका साथ अध्ययन गर्न आग्रह गर्दै अनुशासनका साथ पढाई गरी राम्रो नतिजा ल्याउन उहाँले आग्रह गर्नुभयो । कैलाशको शिक्षा सुधारोन्मुख रहेकाले एसईईमात्र नभई कक्षा १२ को नतिजामा पनि विद्यार्थीहरुले ध्यान दिनुपर्ने मुत्तानको भनाइ छ ।

कार्यक्रममा वडा अध्यक्ष भुवन सिंह घलानले कक्षा ११ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई राम्रो नतिजा निकालेर अध्ययन गर्न आग्रह गर्नुभएको छ । शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेको लगानीबाट शिक्षामा सुधार हुनुका साथै यहाँका विद्यार्थी उच्च शिक्षाका लागि हेटौंडालगायत अन्य शहरमा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

कक्षा १२ का विद्यार्थी आशिका पुडासैनीको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा वडा अध्यक्ष घलान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनप्रसाद बर्तौला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेती, सहायक प्रधानाध्यापक रामचन्द्र पौड्याल, पूर्वप्रधानाध्यापक राजाराम पराजुलीलगायतको आतिथ्य रहेको थियो ।

कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेका थिए । कक्षा १२ मा अध्ययनरत सुस्मिता थिङ र कक्षा ११ मा अध्ययनरत अस्मिता ब्लोनले आफ्नो भनाइ राखेका थिए । कालिका माविमा शिक्षा र व्यवस्थापनका विषय अध्यापन हुँदै आइरहेको छ ।

Facebook Comments Box
ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोडद्वारा सचेत
गण्डकी प्रदेशसभा बैठक बस्दै
अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, पश्चिम एसियामा तनाव कायमै
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा रास्वपाका मनिष झा विजयी
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?