By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » थारु समुदायमा ‘अटवारी पर्व’को रौनक

थारु समुदायमा ‘अटवारी पर्व’को रौनक

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ८, आईतवार १०:३९

धनगढी । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा ‘अटवारी पर्व’को रौनक छाएको छ। आपसी सद्भाव एकता र सम्बन्ध सुदृढ पार्ने यस पर्वको तयारी स्वरूप थारु गाउँ तथा बस्तीमा चहलपहल बढेको छ।

श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार मनाइने यो पर्वका लागि स्थानीयहरू अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरी जस्ता स्थानीय परिकार बनाउन आवश्यक खाद्यान्नको जोहो गर्न जुटेका छन्।

आज यस क्षेत्रमा अटवारी पर्व मनाउने परम्परा रहेकाले आवश्यक सामग्री जुटाउने काम भएको छ। धनगढी उपमहानगरपालिका–१६ भादाका थारु अगुवा लक्ष्मी चौधरीले भने।

उनका अनुसार पूजाआराधना तथा ‘अग्रासन’ (कोसेली) राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्ने कामहरू भइरहेका छन्।

पर्वको व्यवस्थापनका लागि परिवारका सदस्यहरू जम्मा भएर कामको बाँडफाँड गर्न सामूहिक छलफलमा व्यस्त छन्। पर्वमा दर खानका लागि शनिबार दिनभरि माछा मार्ने र विभिन्न तरकारी तथा सरसामानको जोहो गर्ने काम भएको छ।

दुई दिनसम्म मनाइने अटवारी पर्वको अघिल्लो दिन, अर्थात् शनिबार राति व्रतालुहरूले दर खाने चलन छ। पर्वको पहिलो दिन, आइतबार, व्रतालु पुरुषहरू पानीसमेत नखाई निराहार व्रत बस्छन्।

मध्याह्नमा नजिकैको नदी, पोखरी वा तलाउमा स्नान गरी पूजाआराधना गर्ने चलन रहेको छ। पूजापछि घरमा तयार पारिएका खानाका परिकार तथा फलफूलबाट एक भाग घरका विवाहित छोरी–चेलीलाई छुट्याएपछि मात्र व्रतालुले खाने गर्दछन्।

यस पर्वमा विशेषगरी अनदीको चामलको रोटी, केरा, काँक्रो, अम्बा, सुकेको माछा लगायतका खानेकुरा र फलफूल खाने परम्परा छ। पर्वको दोस्रो दिन, सोमबार, बिहानै व्रतालुहरू स्नान गरी पुनः पूजाआराधना गर्छन्।

गुइँठाको आगो बाली घिउ र सल्लाका साना टुक्रा हालेर पूजा गर्ने परम्परा रहेको स्थानीयहरू बताउँछन्। धार्मिक विधि सकिएपछि अनदीको चामलको भात, रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरी लगायतका मिठा परिकारहरू खाने गरिन्छ।

तयार गरिएका परिकारमध्येबाट एक भाग आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ अर्थात् कोसेली दिनका लागि पहिले नै छुट्याइन्छ र त्यसपछि मात्र व्रतालुले भोजन ग्रहण गर्छन्। यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास गरिन्छ।

अटवारी पर्व थारु राजा दङ्गीशरण र महाभारतका पात्र भीमसेनको सम्बन्धसँग जोडिएको छ। पौराणिक कथाअनुसार, कुनै समय थारु राजा दङ्गीशरणको राज्यमा शत्रुले आक्रमण गर्दा सुर्खेतको काँक्रेविहार घुम्न आएका पाँच पाण्डवमध्येका माइला भाइ भीमले राजालाई सहयोग गरेका थिए।

भोकैप्यासै लडेर भीमले राजा दङ्गीशरणलाई विजय दिलाएको दिनको सम्झनामा भीम र सूर्यदेवको उपासना गर्दै यो पर्व मनाउने चलन चलेको थारु अगुवाहरुको बताउँछन्।

देशका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, र दाङ लगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायले विवाहित छोरीलाई उपहार दिएर सम्बन्धलाई थप प्रगाढ बनाउँदै यो पर्व धूमधामसँग मनाउने गर्छन्।

यो पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेशका थारु बाहुल्य जिल्लाहरूमा सार्वजनिक बिदा दिइएको छ।

Facebook Comments Box
हुलाकी सडक निर्माणसँगै फेरिँदै जनजीवन, बढ्यो स्वरोगार
तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम
क्षतिपूर्ति नटुंगिँदा रेल्वे निर्माण रोकियो
तीन प्रदेशमा भारी वर्षाको सम्भावना
जेनजीका माग सम्बोधन गर्न सहमतिको सरकार आवश्यक : एमाले प्रचार विभाग प्रमुख गौतम

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?