By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » कुखुरामा देखियो रक्तअल्पता

कुखुरामा देखियो रक्तअल्पता

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ४, बुधबार ११:५४

मकवानपुर । चितवनमा कुखुरामा रक्तअल्पता गराउने ‘चिकेन एनेमिया’ भाइरस देखिएको छ ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले केही कुखुरामा गरेको नमुना परीक्षणमा यो रोग देखिएपछि अहिले प्रयोगशालामा आउने सबै कुखुरामा यो रोगको परीक्षण सुरु गरिएको छ ।

प्रयोगशालाका प्रमुख डा। विजयकुमार श्रेष्ठका अनुसार तीन महिनाको अवधिमा प्रयोगशालाले परीक्षण गरेका ९२ वटा नमुनामध्ये ३१ वटामा ‘चिकेन एनेमिया’ देखिएको हो ।

डा. श्रेष्ठका अनुसार नेपालका कुखुरामा यो रोगको अहिलेसम्म परीक्षण गरिएको थिएन । यो रोगले भन्दा पनि यो रोग लागेका कुखुरा अन्य रोगसँग प्रतिरोध गर्न नसकेर मर्छन्, सुरुमा नमुनाका रूपमा प्रयोगशाला आफैँले परीक्षण सुरु गर्दा केहीमा यो रोग देखिएपछि प्रयोग शालामा आउने प्रायः नमुनामा यो रोगको परीक्षण गरिए हो ।

पछिल्लो समय चितवनमा कुखुराको मृत्युदर पनि बढेको छ । कुखुराविज्ञ एवं भेटेरिनरी काउन्सिलका पूर्वउपाध्यक्ष डा। सुविर सिंहका अनुसार अहिले चितवनमा ब्रोइलरमा १० देखि १६ प्रतिशतको मृत्युदर रहेको छ ।

कुखुराको मृत्युदर चारदेखि छ प्रतिशतलाई प्राकृतिक मानिन्छ । लेयर्स कुखुराका हकमा यो प्राकृतिक रूपमा भन्दा बढी नभएको उहाँको भनाइ छ ।

“चितवनमा बोइलर कुखुराको मृत्युदर बढी नै छ । मृत्युका कारण यकिन अध्ययन हुन सकेको छैन,” उहाँले थप्नुभयो, “राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले अहिले ‘चिकेन एनेमिया’ रोगको सङ्क्रमण रहेको तथ्य सार्वजनिक गरेको छ ।

यही कारणले त होइन तर पनि सामान्यभन्दा सामान्य रोगले पनि कुखुरा मरिरहेका छन् कि भन्ने अध्ययन हुन जरुरी छ ।” चितवनमा अहिले बढी मात्रामा कुखुरा एच नाइन, गम्बारो, रानीखेत जस्ता रोगले मरिरहेका पनि उहाँले बताउनुभयो ।

प्रयोगशालाले एक वर्षमा गरेको दुई हजार पाँच सय किसानका सात हजार कुखुराको पोस्टमार्टममा लो प्याथोनिक एभिएन इन्फ्लुन्जा (एच नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्बारो १२२ वटामा देखिएको थियो । सोही अवधिमा एक हजार १२० वटा कुखुराको कलेजो परीक्षण गरिएकामा इकोलाई ७८५ वटामा र साल्मोनेला ११२ वटामा देखिएको थियो ।

‘चिकेन एनेमिया’ लागेका कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने विज्ञले औँल्याएका छन् ।

यस रोगले कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउने पनि डा. श्रेष्ठले जानकारी दिनुभयो । कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने हुन्छ ।

विज्ञका अनुसार जैविक सुरक्षाको अभावमा पनि चितवनमा नयाँ नया रोगको सङ्क्रमण कुखुरामा देखिएको छ । २०१७ साल पुस १७ गते बाराको परवानीपुरमा सेन्टर ह्याचरीको स्थापना भएसँगै नेपालमा व्यावसायिक कुखुरापालन सुरु भएको देखिन्छ ।

कुखुरापालन क्षेत्रले नेपालमा चार लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी लगानी रहेको कुखुरापालन क्षेत्रमा देखिएको चिकेन एनेमिया रोगले अहिले किसानमा चिन्ता थपिएको छ ।

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालले नेपालमा अहिले दैनिक आठ लाख केजी ब्रोइलरको मासु र ३२ लाख अन्डा उत्पादन भइरहेको जानकारी दिनुहुन्छ ।

यसका लागि तीन हजार ब्रोइलर फार्ममा १५ लाख कुखुरा र सात सय फार्ममा ६० लाख लेयर्स कुखुरा पालिएका छन् । यसमा चितवनको हिस्सा २० प्रतिशत हो ।

कार्यालयका अनुसार २०५७/५८ सालताका नेपालमा ब्रोइलर कुखुरापालनको २१ हजार ९५६ फार्म रहेकामा २० हजार ४८३ फार्म चितवनकै थिए । जसमा पाँच करोड २६ लाख ६६ हजार २९ ब्रोइलर कुखुरा पालिएका थिए ।

ब्रोइलर मासुका लागि पालिने कुखुरा हुन् । त्यसबेला नेपालमा उत्पादन हुने कुखुराको मासुमध्ये ६० प्रतिशत चितवनमा उत्पादन हुने गर्दथ्यो ।

पूर्वउपाध्यक्ष डा। सुविर सिंह भन्नुहुन्छ, “कुखुराको मासु र अन्डा उत्पादनमा देशकै अग्रणी जिल्ला चितवनमा अहिले जुन प्रकारले उत्पादन घट्दै गएको छ, यसले व्यवसायमा पनि ठुलो असर गरेको छ ।

कुखुरापालनमा चितवनको साख पुनः फर्काउने हो भने ‘चिकेन एनेमिया’ जस्ता रोगको सङ्क्रमण रोक्ने गरी दीर्घकालीन योजना अघि सार्नु पर्छ ।”

Facebook Comments Box
छोराको कुटाइबाट बुबाको मृत्यु
चुनावका लागि निर्वाचन प्रहरीमा भर्ना खुल्यो
नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति
रवि लामिछानेको सामाजिक सञ्जाल निशानामा
१०४ बर्षीय बृद्धाद्वारा मतदान

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?