By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एमसीसी अन्तर्गत थप १ सय ८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता

एमसीसी अन्तर्गत थप १ सय ८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ श्रावण २९, बिहीबार १५:४२

मकवानपुर । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत विद्युत् प्रसारण आयोजना अघि बढाउन दुई वटा प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ ।

एमसीसीको स्थानीय निकाय मिलेनियम च्यालेन्च एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत दुई वटा कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।

रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग सम्झौता भएको छ । यस्तै नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको छ ।

यी सम्झौताअन्तर्गत १ सय ८० किलोमिटर लामो ४ सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ । यसको कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर छ ।

अहिलेको विनिमय दर अनुसार यो २१ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ । ठेक्का ४२ महिनाको दिइएको छ । निर्माण कम्पनीहरूले तोकिएको समयभित्रै निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।

सम्झौतापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ३ सय १५ किलोमिटरको कुल प्रसारण लाइनमध्ये १८ किलोमिटरको गएको वर्ष नै सम्झौता भएको र बाँकी १ सय १७ किलोमिटर प्रसारण लाइनको केही दिनमै सम्झौता गर्ने तयारी रहेको बताउनुभयो ।

Facebook Comments Box
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
३ दिनमा ५२ हजार ७ सयले घट्यो सुनको मूल्य, आजको भाउ कति?
टी-२० विश्वकपको दोस्रो खेलमा नेपालले आज इटलीसँग खेल्दै
सहकारी दिवस बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाईने
एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?