By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सहकारी दिवस बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाईने

सहकारी दिवस बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाईने

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र १६, सोमबार १३:४०

मकवानपुर । “उद्यमशिलता र पारदर्शितासस : सहकारीको प्राथमिकता” भन्ने नाराका साथ ६९ औं राष्ट्रिय सहकारी दिवस वागमती प्रदेशको राजधानी हेटौंडा मकवानपुरमा बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाईने भएको छ ।

मकवानपुरमा राष्ट्रिय सहकारी दिवस मनाउनको लागि मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन भईसकेको छ । समितिको सदस्यहरुमा जिल्ला सहकारी संघका सञ्चालक समितिका पदाधिकारीहरु, बिषयगत सहकारी संघका अध्यक्ष लगायत पदाधिकारीहरु, जिल्ला स्थित सहकारी संस्थका अध्यक्षहरु रहनेछन् ।

मूल समारोह समितिको सल्लाहकारमा बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयका निमित्त सचिव उमेश दाहाल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल रहेका छन् ।
समितिको आयोजना मकवानपुर जिल्ला सहकारी संघ लगायत जिल्लास्थित विषयगत सहकारी संघहरुको सहकार्य र बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा विभिन्न रचनात्मक कार्यक्रमहरुसहित मनाईने मूल समारोह समितिले वनाएको छ ।

सहकारी दिवसको अवसरमा चैत्र १४ गतेदेखि यसवर्षको नारा सहकारी दिवसको नार “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता” सहित सहकारी दिवस सम्वन्धि ब्यानर सहकारी संघ संस्थाको कार्यालयमा राख्ने, मूल कार्यक्रम अन्तरगत बागमती प्रदेशको राजधानी हेटौंडामा चैत्र १८ गते हेटौंडाको बुद्धचोकमा बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम, १९ गते बिहान ७ बजेदेखि हेटौंडाको चौकीटोलमा रहेको हिमालयण दरवारमा “सहकारी संरक्षण र सम्वद्र्धनमा अभियान र नियमकीय भूमिका” विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ । अन्तरसंवाद कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न सहकारी संघ, संस्थाका करिव २५० जना भन्दा बढी अध्यक्ष, ब्यवस्थापकको सहभागिता रहनेछ ।

त्यस्तै सहकारी दिवस अन्तरगत चैत्र २० गते बिहान ७ बजे हेटौंडाको हुप्राचौरबाट प्रभातफेरी ¥याली सुरु गरी हिमालयण दरवार चौकीटोलमा सहकारी दिवस समारोह हुनेछ भने साँझ जिल्लाभरका सहकारी संघ, संस्थाको कार्यालय परिसरमा दिपावली गरिने सहकारी दिवस मूल समारोह समितिले जनाएको छ ।

Facebook Comments Box
ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री
पछिल्लो २४ घण्टामा इरानमा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए
प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा
सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी
जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?