By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » पशुपालनमा रमाइरहेका सापकोटा

पशुपालनमा रमाइरहेका सापकोटा

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ३१, बिहीबार १०:५६

बागलुङ । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आएका बलराम सापकोटाले व्यवसाय बन्द गर्नुपर्‍यो । यद्यपि, उनले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय सुरु गरे । त्यस बेलादेखि उनी निरन्तर यसैमा रमाइरहेका छन् ।

कोरोना महामारीका बेला बजारको व्यवसाय बन्द भएपछि गाउँ गएर पशुपालन र फलफूल खेती गर्न थालेको र हाल त्यसबाट राम्रो आम्दानीका साथै सन्तुष्ट पनि मिलिरहेको सापकोटाले बताए । हाल आफूले मासिक रु दुई लाख बचत गर्दै आएको सुनाए ।

सापकोटाले विसं २०७६ देखि व्यावसायिक कृषि र पशुपालनमा लगानी सुरु गरेका थिए । उनले पशुपालन र सुन्तला खेतीमा गरी करिब रु एक करोड लगानी गरेको सुनाए ।

“उत्पादनमा नजोडिएसम्म हुँदैन भन्ने कुरा कोरोनाले सिकायो, पाँच वटा ट्याक्सी थिए सबै छोडेर गाउँ फर्केर ३६ रोपनी जग्गालाई हराभरा बनाउन थाले”, सापकोटाले भने, “यहीबिचमा बागलुङ नगरपालिका–५ मालिकाको वडा सदस्य भएर जनताको सेवासँगै कृषि र पशुपालन गरेर अरूलाई पनि प्रेरणा दिन खोजिरहेको छु ।”

हाल सापकोटाले ११ वटा गाई र १३ वटा भैँसी पालिरहनुभएको छ । दैनिक करिब एक सय ५० लिटर दूध उत्पादन भइरहेको र उक्त दूध बागलुङ दुग्ध उत्पादन संस्थामार्फत बिक्री हुँदै आएको उनले बताए ।

“पशुपालनसँगै पशुवस्तु खरिद–बिक्रीको काम पनि गर्दै आएको छु । मासिक चार लाख ५० हजारको दूध बिक्री हुने गरेको छ भने दाना र कर्मचारीलगायतको खर्च कटाएर दुई लाख बचत हुन्छ । बचत रकमले फलफूल बगैँचा विस्तार गरिरहेको छु”, सापकोटाले भने ।

सापकोटाले आफ्नो २७ रोपनी र भाडाको नौ रोपनी जग्गामा एक हजार सुन्तलाका बिरुवा, एक सय १० वटा कागती र ५० वटा ओखरका बिरुवा लगाउनुभएको छ । सुन्तलाबाट अझै आम्दानी सुरु नभए पनि आगामी वर्षदेखि राम्रो उत्पादन हुने उनले बताए ।

मल्चिङ प्रविधिबाट उनले सुन्तला खेती गरेका छन् । धनकुटे जातको सुन्तला लगाएर झार नियन्त्रण, चिस्यान संरक्षण र माटोमा पोषण कायम राख्ने काम गरिएको सापकोटाले बताए । कृषिका लागि आवश्यक पानी व्यवस्थापन गर्न गहुँत तथा पानी लिफ्टिङ गरेर करिब दुई सय मिटर माथिसम्म पुर्‍याएको उनले जानकारी दिए ।

हाल सापकोटाको कृषि तथा पशुपालन फार्ममा चार जनाले रोजगारी पाएका छन् । उनले सुन्तला पकेट क्षेत्र बनाउने लक्ष्यसहित काम गरिरहेको जानकारी दिए । “कोरोनाले एउटा व्यवसाय बन्द गर्नुपर्‍यो, तर त्यसले अर्को अवसरको ढोका खोल्यो । त्यसैले केही समस्या भएका आत्तिनु हुँदैन । गाउँमा बसेर मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ । यही उदाहरण दिन पनि मैले काम गरिरहेको छु”, उनले भने ।

Facebook Comments Box
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत
गाउँमा आएन डिपबोरिङमा पानी
राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर
रोल्पा दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो
एनपीएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?