By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रोल्पा दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो

रोल्पा दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख १८, शुक्रबार १६:४०

दाङ । रोल्पामा बिहीबार जिप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

त्यसैगरी दाङको घोराही उपमहानगर–१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, सात वर्षीय संयोग जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन् ।

त्यस्तै, दाङ शान्तिनगर गाउँपालिका स्थायी घर भई हाल रुकुम सिस्ने–५ बस्ने जिप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने–५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र सिस्ने ५ कै २७ वर्षीया रुक्मिणा बस्नेत रहेका छन् । दुर्घटनास्थल अत्यन्तै अप्ठेरो भौगोलिक क्षेत्रमा रहेकाले उद्धार तथा शव निकाल्न केही ढिलाइ भएको प्रहरीले जनाएको छ।

रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो ३ः०० बजे रोल्पाको थबाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको थियो।

जिपमा चालकसहित २१ जना सवार रहेका थिए । तीमध्ये २० जनाको घटनास्थलममा नै मृत्यु भएको थियो । मृतक सबैको शवपरीक्षणका लागि थबाङस्थित आधारभूत अस्पतालमा ल्याइएको छ । छतमा बसेका रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय समीर कामी मात्रै जीवित रहेका छन् ।

उनले जिप दुर्घटना हुन लाग्दा छतबाट हामफालेर रूखको जरामा समातिँदै ज्यान जोगाएका हुन् । उनको थबाङ आधारभूत अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि गएराति पूर्वी रुकुम अस्पतालमा लगिएकामा अहिले उनलाई अस्पतालले घर पठाएको छ ।

उनको बायाँ खुट्टा, निधार र आँखामा चोट लागेको अस्पतालले जनाएको छ । दुर्गम भेग, निरन्तर वर्षा र कमजोर सञ्चार सञ्जाल, कच्ची सड्कलगायत कारण उद्धार कार्यमा कठिनाइ भएको रोल्पा प्रहरीले बताइएको छ । घटना भएको खबरलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको बिहीबार उद्धारमा जुटेका हुन् ।

उनीहरूले अबेररातिसम्म उद्धार कार्यमा लागे पनि बिहीबार उद्धार कार्य नसकिएपछि आज बिहानैदेखि सुरक्षाकर्मी र स्थानीयवासीको सहभागितामा उद्धार कार्य सम्पन्न गरिएको हो।

मृतकको शव सडकसम्म ल्याउन निकै कठिनाइ भएको सुरक्षा अधिकारीले जनाएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कच्ची तथा चिप्लो सडक, लगातारको वर्षा र क्षमताभन्दा बढी यात्रु बोकेका कारण जीप अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ । मृतक सबै वैशाख पूर्णिमाको अवसरमा आज शुक्रबार जलजलामा लाग्ने बराह पूजामा सहभागी हुन जान लागका तीर्थयात्री हुन् ।

दुर्घटना छानबिनका लागि समिति गठन

रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार दिउँसो भएको जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अनुसार सचिवस्तरीय निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदस्य रहनुभएको छ । गृह मन्त्रालयले दुर्घटनाको कारण, सम्भावित लापरबाही वा कमजोरी पहिचान गर्न तथा भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय सुझाउन स्पष्ट कार्यादेश दिएको छ । उक्त समितिले आफ्नो कार्य थालिसकेको जनाएको छ।

Facebook Comments Box
५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ
चार हजार नौ सयले बढ्यो सुनको मूल्य
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु
मिर्गौला र क्यान्सर पीडितलाई आर्थिक सहयोग
सम्पत्ति विवरणको विषयमा बोले गृहमन्त्रीले

थप समाचार

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?