By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बर्ड फ्लु नियन्त्रणमा सुनसरी प्रशासनको कडाइ

बर्ड फ्लु नियन्त्रणमा सुनसरी प्रशासनको कडाइ

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ९, बुधबार १०:३५

सुनसरी । जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका तथा गढी गाउँपालिकालगायत स्थानमा कुखुरापालन गरिएका फार्महरूमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा, एच फाइभ एन वन) नामक रोग पुष्टि भएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार उक्त रोग मानिसमा समेत सर्न सक्ने भएकाले बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम सङ्क्रमित क्षेत्रलाई केन्द्रबिन्दु मानी चार किलोमिटर क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र तोकिएको छ । रोग थप फैलिन नदिन सो क्षेत्रमा आवश्यक नियन्त्रणका कार्य अघि बढाइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले वैशाख १४ गतेसम्मका लागि कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तु (अण्डा र मासु) को ओसारपसारमा प्रतिबन्ध लगाएको छ । सङ्क्रमित क्षेत्रबाट अन्यत्र तथा अन्य जिल्लाबाट सुनसरीभित्र कुखुरा तथा कुखुराजन्य वस्तु भित्र्याउन र बाहिर लैजान रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

जिल्ला प्रशासन कार्यालयले जिल्लावासी, कृषक, व्यवसायी तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन र नियन्त्रण कार्यमा सहयोग गर्न आग्रह गरेको छ । गत चैत ११ गते सुनसरीमा बर्डफ्लु पुष्टि भएपछि जिल्लाका विभिन्न स्थानमा प्रभावित फार्महरूमा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको थियो । सोही दिन इटहरी, दुहबी र गढीलगायतका ठाउँहरूमा आठ वटा बढी कृषि फार्ममा सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा रहेका ११ हजार २० कुखुरा र ११ हजार तीन सय अण्डा नष्ट गरिएको थियो । यस्तै, गढी गाउँपालिका–५ को सञ्जित कृषि फार्ममा ४ सय २१, इटहरी–११ को आलम कृषि फार्ममा ५५०, इटहरी–१८ को रानी कृषि फार्ममा एक हजार ९३० (लेयर्स र गिरीराज) तथा इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० कुखुरा र ५२० अण्डा नष्ट गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए ।

सोमबार सुनसरीको रामधुनी नगरपालिका–६ स्थित एक पोल्ट्री फार्ममा पालिएका करिब एक लाख ५० हजार लेयर्स कुखुरामा सङ्क्रमण पुष्टि भएपछि नष्ट गरिएको थियो ।

Facebook Comments Box
प्रतिनिधिसभा विघटनपछि ३० वटा विधेयक निष्क्रिय
बागलुङ क्षेत्र नम्बर १ मा रास्वपाका खड्का विजयी
चुनावका लागि निर्वाचन प्रहरीमा भर्ना खुल्यो
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अवैध नदीजन्य पदार्थ बोकेका ट्रिपरमाथि प्रशासनको कडा निगरानी

थप समाचार

मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु

विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

नवलपरासीमा आगलागी, १२ घर जले

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?