By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ९, बुधबार १०:१२

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी क्षेत्रका वस्तीबाट वडा कार्यालय पुग्न करिब २४ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ ।

भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित बासखली, चुनभट्टी, खैरभट्टी, कुन्टेपानी, महेशपुर, गुर्दनगौडी, जुरुवा र तल्लो बासखली लगायतका क्षेत्रबाट वडा कार्यालय राप्तीसोनारी–४ बैजापुर पुग्न कम्तीमा चार घण्टा लाग्ने बैजापुरका स्थानीय अगुवा तुलसीराम थारुले बताए ।

“सडक नहुँदा वडा कार्यालयमा सेवा लिन चार घण्टा हिँडेर पुग्नुपर्ने बाध्यता रहेको छ”, थारुले भने, “यहाँका जनताले स्थानीय सरकारको अनुभूतिसम्म गर्न नपाएकाले अब सहज सेवा सुविधाको लागि छुट्टै वडा कायम गर्नुपर्दछ ।”

उनका अनुसार, राप्तीसोनारी गाउँपालिकाको दुर्गम क्षेत्रका रूपमा चिनिने गुर्दनगौडी र खयरभट्टी क्षेत्रका जनताको अवस्था निकै कष्टकर छ । यस क्षेत्रका जनताले अझै पनि आधारभूत सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ । वडा कार्यालयबाट खयरभट्टीसम्म करिब १४ किलोमिटर दूरी भए पनि भारतीय सीमा क्षेत्रमा रहेको महेशपुर थप १० किलोमिटर टाढा रहेको छ ।

वडा कार्यालयको केन्द्र बैजापुरबाट टाढा र दुर्गममा पर्ने भएकाले खयरभट्टी क्षेत्रमा सेवा प्रवाहमा कठिनाइ हुने गरेको वडाध्यक्ष मीनराज खड्काले जानकारी दिए । खयरभट्टी क्षेत्रका नागरिक न्यूनतम आधारभूत सेवाबाट वञ्चित रहँदै आएका छन् । तीन सय ५० घरधुरी र करिब ४०० मतदाता रहेको यो क्षेत्रलाई छुट्टै वडा र मतदान केन्द्र कायम गर्नुपर्ने माग अनौपचारिक रूपमा उठ्दै आए पनि औपचारिक रूपमा प्रवेश हुन नपाएको उनले बताए ।

गाउँसम्म पुग्ने सडक नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य, शिक्षा र खानेपानीको समस्या रहेको छ । गाउँपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष खड्काले नागरिकलाई पायक पर्ने स्थानमा वडा कार्यालय र मतदान केन्द्र कायम गरिनुपर्ने माग औपचारिक रूपमा माग आए कार्यपालिकामा पेस गरेर प्रक्रिया अगाडि बढाइने बताए ।

यो क्षेत्रमा स्वास्थ्य चौकी वा सहज स्वास्थ्य सेवाको पहुँच नहुँदा सामान्य बिरामी पर्दा निकै टाढासम्म जानुपर्ने र प्रसूति सेवाको अभावमा जोखिमपूर्ण अवस्थामा बस्नुपर्ने बाध्यता छ । शिक्षाको अवस्था नाजुक छ । बालबालिकाहरू लामो दुरी पैदल हिँडेर विद्यालय जान बाध्य छन्, जसले गर्दा विद्यालय छोड्ने दर उच्च छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दीलबहादुर तामाङले मतदान केन्द्र स्थापना गर्ने कार्य समस्या नरहेको बताए । वडा विभाजनको कुरा औपचारिक रूपमा कार्यपालिकाबाट निर्णय भएर आए आफूले आवश्यक समन्वयका साथ अगाडि बढाउने उल्लेख गरे ।

Facebook Comments Box
प्रचण्डको निर्वाचन क्षेत्रमा ४० प्रतिशत मत खस्यो
दोषीमाथि कडा कारबाही गर्ने सहमति, पर्सामा सर्वपक्षीय बैठक
पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
बजेट अभावले विद्यालय भवन निर्माण अधुरो

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?