मकवानपुर । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार सम्हालेपछि पहिलो औपचारिक शिष्टाचार भेट गरेकी छन्। सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा उक्त भेटवार्ता सम्पन्न भएको हो।
भेटका क्रममा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, आगामी कार्ययोजनासम्बन्धी विषयमा संक्षिप्त छलफल भएको जानकारी अर्यालको सचिवालयले दिएको छ।
Facebook Comments Box
