By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » फिल्म ‘पहाड’ को प्रिमिएरमा को को पुगे ?

फिल्म ‘पहाड’ को प्रिमिएरमा को को पुगे ?

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ३०, सोमबार ११:१९

मकवानपु्र । दिग्गज निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ प्रिमिएर भएको छ । आइतबार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा वरिष्ठ अभिनेता नीर शाह, सरोज खनाल, शिव श्रेष्ठ, रेजिना उप्रेती, जितु नेपाल, दीपाश्री निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, रमेश उप्रेती, किरण केसी लगायत फिल्मकर्मी र रङ्ग पत्रकारको बाक्लै उपस्थिति थियो ।

प्रिमिएरमा सहभागी अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । नयाँ वर्षको अवसर पारेर मंगलबार ९वैशाख १०बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय छ ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको फिल्मका लेखकसमेत निर्देशक घिमिरे हुन् । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् ।

रञ्जित सिंह गजमेरको सङ्गीत रहेको फिल्मको उत्तम रसाइली प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । फिल्मको नेपाल वितरण वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्दैछ ।

Facebook Comments Box
उत्तर कोरियाली कभर्ट योजनामा सामेल दुई अमेरिकीलाई जेल सजाय
राप्रपाले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको अधिवेशन सम्पन्न
मकवानपुरमा सवारी दुर्घटना: दुई जनाको मृत्यु,चालक फरार
खाडी राष्ट्रलाई समर्थन गर्ने युक्रेनको निर्णय
रवि लामिछाने भएकै कारण धेरै बोल्नु परेको टिप्पणी

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?