By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मकवानपुरमा सवारी दुर्घटना: दुई जनाको मृत्यु,चालक फरार

सरोकारकर्मी
सरोकारकर्मी
f,25

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र सोही ठाउँका १८ वर्षीय अमोश थिङ रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधन र त्यसका चालक दुर्घटना लगत्तै फरार भएका छन् । प्रहरीले फरार सवारीको पहिचानका लागि घटनास्थल आसपासका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ ।

फरार चालकको खोजी तीव्र पारिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक कानुनी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account