काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता, कार्यकर्ता, सांसद तथा केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा सिंहदरबार पुगेर भीडभाड नगर्न निर्देशन दिएको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकपछि प्रवक्ता मनिष झा ले मन्त्रिपरिषद् कार्यालय र विभिन्न मन्त्रालयहरूमा अनावश्यक उपस्थिती घटाउन यस्तो निर्णय गरिएको जानकारी दिए। उनले नेता–कार्यकर्ता, केन्द्रीय सदस्य र सांसदहरूलाई अनावश्यक रूपमा मन्त्रालय धाउन नहुने स्पष्ट निर्देशन दिइएको बताए।
यसैबीच, पार्टीले केन्द्रीय कार्यालयमा जनसम्पर्कलाई थप व्यवस्थित बनाउन नयाँ ‘क्यालेन्डर’ प्रणाली सुरु गरेको छ। उक्त व्यवस्थाअनुसार हरेक दिन एक जना केन्द्रीय सदस्य र एक जना सांसद अनिवार्य रूपमा कार्यालयमा रहनेछन्।
संसद्को २० दिने ‘सेसन ब्रेक’ सुरु हुन लागेकाले सो अवधिमा सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भई समन्वय तथा संगठन सुदृढीकरणमा लाग्न समेत पार्टीले आग्रह गरेको छ।
