By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ८, आईतवार १५:०४

चितवन । जिल्ला प्रहरी कार्यालयले चितवनभित्र कार्यरत प्रहरीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ । युवापुस्ता जेनजी प्रदर्शन, निर्वाचनलगायत कारणले रोकिएको उक्त कार्यक्रम पुनः सुरु गरिएको हो ।

जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत प्रहरी एक ठाउँबाट अर्को भूगोलमा गएर त्यहाँको पर्यटकीय गन्तव्यमा रमाउनुका साथै यसले आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ । प्रहरीले तनाव व्यवस्थापन गर्ने, रचनात्मक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने, भाइचारा सम्बन्ध कायम गराउने, अनुभव साटासाट गर्ने, पर्यटन प्रवर्द्धन गर्नेलगायत कार्यक्रम गर्दै आएको छ ।

कायालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रहरीलाई केही समय आराम गराउने, आन्तिरक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा डुङ्गा सयर, र्‍याफ्टिङ, हाइकिङलगायत पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएका छन् । साथै चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधिमा सहभागी गराउने गरिएको उनले बताए ।

प्रहरी उपरीक्षक पुरीका अनुसार छिमेकी जिल्लामा समेत पुगेर त्यहाँका पर्यटकीय सम्पदामा रमाउने, विभिन्न गतिविधिमा संलग्ने हुने र ज्ञान आर्जन गर्ने गरिएको छ । आलोपालो गरी गरिएको यस कार्यक्रमले प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित भएका उनले बताए । करिब एक वर्ष अघिदेखि सुरु गरिएको उक्त कार्यक्रमले प्रहरीलाई पुनर्ताजगी र सरुवा भएर एक ठाउँबाट अर्को ठाउँमा जाँदा भूगोलको पनि उचित ज्ञान हुने गरेको उनको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय मातहत चितवनमा नौ सय प्रहरी कार्यरत छन् । जिल्ला ट्राफिक, आठ वटा इलाकासहित जिल्लामा ७३ वटा युनिटमा रहेर प्रहरीले सेवा प्रवाह गरिरहेका छन् ।

Facebook Comments Box
प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु
एमसीसी अन्तर्गत थप १ सय ८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता
कैफियत देखिएपछि विभागद्वारा जरिवाना
प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको शिष्टाचार भेट
संविधान दिवसमा टेलिकमको ‘अफर’

थप समाचार

सुदूरपश्चिममा सवारी दुर्घटनाः ९ महिनामा १६५ जनाले गुमाए ज्यान

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकालले दर्ता गराए उम्मेदवारी

सम्पत्ति विवरणको विषयमा बोले गृहमन्त्रीले

समिक्षा बास्कोटा कानुन,न्याय तथा मानवअधिकार समिति सभापतिको उम्मेदवार

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

नारायणी सिँचाइको जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण प्रक्रिया अगाडि बढ्यो

सार्वजनिक यातायात भाडा फेरि हेरफेरको माग, बढाएको सातामै दबाब

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?