मकवानपुर । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह घर भएका ४८ वर्षीय ईश्वरी पाण्डे र दोलखाका बैतेश्वर गाउँपालिका–१ घर भएका ७२ वर्षीय ओम प्रकाश तिम्सिना छन्।
आकर्षक तलबको रोजगारी दिने प्रलोभन देखाएर रकम लिएपछि सम्पर्कबिहिन भएका उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले बताए ।
शुक्रबार पक्राउ परेका अष्ट्रिया पठाउँछु भनेर दुईजना र तिम्सीनाले जापान पठाउँछु भनेर एक जनालाई ठगेको उजुरी परेको छ । आरोपीहरुलाई थप अनुसन्धानको लागी प्रहरीले बैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ।
Facebook Comments Box
