मकवानपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता बनाएको छ ।
जारी मतगणनामा रास्वपाका देवराज पाठक ६ हजार १३४ मतसहित अग्रस्थानमा रहँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले एक हजार ७७८ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चौधरी ७६१ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरे ७१६ मतसहित चौथो स्थानमा छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार मालिकराम यादव १३४ मतसहित पाँचौँ स्थानमा छन् ।
Facebook Comments Box
