By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख १५, मंगलवार ०९:४७

बागलुङ । बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १२४ आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुर्‍याइएको छ । आव २०८२/८३ का लागि निसीखोला गाउँपालिकामा बजेटअनुसार तयार गरिएको १७१ वटा पूर्वाधार विकासतर्फका आयोजना रहेकामा अहिलेसम्म १२४ आयोजना सम्झौता भएर कार्यान्वयनमा गएको हो ।

अहिलेसम्म ४७ वटा आयोजना सम्पन्न भइसकेका निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण कार्यान्वयनमा भएको ढिलाइ भएको भन्दै उनले विकास निर्माणका १७१ मध्ये १२४ भन्दा बढी आयोजना कार्यान्वयनमा गएका उल्लेख गरे ।

गत माघ र फागुनमा विकास निर्माणका कामले गति लिन नसके पनि चैत लागेयता तीव्रता पाएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिए । “धमाधम काम भइरहेका छन्, वडागत विनियोजन भएका विकास निर्माणका योजना कार्यान्वयनको चरणमा पुगेका छन् निसीखोला गाउँपालिकाले सीमित योजनामा अधिकतम प्रगति हासिल गरेको छ”, उनले भने, “गाउँपालिकाको प्रशासनिक भवन अपुग भएकाले एक तला ट्रस्टको छानोसहित थपेर सेवालाई थप चुस्त बनाउँछौँ, गाउँपालिकाले ठूला ठेक्का पाँच वटा सडक स्तरोन्नति गरिरहेको छ, सेवा प्रवाहलाई चुस्त बनाउँदै बेरुजु घटाउँदै लगेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार कर्मचारीको समूहगत काम र जनप्रतिनिधिको सकारात्मक सल्लाहका कारण बेरुजु घटाउँदै लगेको जानकारी दिनुभयो । सात वटा वडामा चारदेखि १५ वटा आयोजनाले तीव्रता पाएका उनले बताए । उनका अनुसार वडागत रूपमा विकासका आयोजना उल्लेखनीय रूपमा अगाडि बढेका छन् । वडा नं ६ मा दुई वटा आयोजना सम्पन्न भएका छन् भने वडा नं ७ मा १५ वटा आयोजनाले तीव्रता पाएका उनले जानकारी दिए । पालिकास्तरका दुई ठूला आयोजनाबाहेक अधिकांश वडाको आवश्यकताअनुसार तय गरिएकाले कार्यान्वयन प्रभावकारी भएको पुन मगरको भनाइ छ ।

गाउँपालिकाले समयमै आयोजना सम्झौता र सम्पन्न गर्ने लक्ष्य लिएको छ । समयमै काम सम्पन्न गरी अनुगमनपछि भुक्तानी गर्दा बेरुजु घटाउन मद्दत पुगेको पुनले बताउनुभयो । गाउँपालिकाले गत आवमा रु सात करोड बेरुजु रकम घटाएको उनले जानकारी दिए । “गत वर्ष सात करोड बेरुजु घटाइयो, चालु आवमा एक करोड १० लाख बेरुजु घटाइसकिएको छ, कार्यालय व्यवस्थापन, कर्मचारीको कार्यसम्पादनका आधारमा बेरुजु घटाउन सहयोग मिलेको छ”, प्रमुख प्रशासकीय अधिकृत पुन मगरले भने, “बिल भरपाईको पुनः मूल्याङ्कन, समस्या परेका आयोजनाको अनुगमन गर्दा बेरुजु घटाउन सहयोग पुग्छ, अहिले बेरुजु बढ्न नदिने हाम्रो नीति छ ।”

गाउँपालिकाले विकास आयोजनामा उपभोक्ता समितिलाई अभिमुखीकरण गरी कामलाई पारदर्शी बनाउने पहल थालेको छ । आवश्यक कागजात पूरा गर्ने र लागतअनुसार काम गर्ने बानीको विकास हुँदै जाँदा बेरुजु पनि घट्दै गएको पुनले बताए । गाउँपालिकाको एक तला भवन थप्नका लागि रु ५० लाख विनियोजन गरिएको उनको भनाइ छ । यस्तै रिग ताल संरक्षणका लागि गाउँपालिकाले रु ५० लाख विनियोजन गरिएको छ ।

Facebook Comments Box
नेतृत्वको कमजोरी स्वीकार्दै प्रधानमन्त्री— लोकतन्त्र जीवनशैली बनेन
हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
लागू पदार्थसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
घट्यो अमेरिकी डलरको मूल्य
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?