By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » जसपा खोटाङ अध्यक्ष श्रम संस्कृति पार्टीमा समाहित

जसपा खोटाङ अध्यक्ष श्रम संस्कृति पार्टीमा समाहित

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १५, शुक्रबार ११:१६

खोटाङ । चुनावी कमाण्डर बनेका जिल्ला अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जनता समाजवादी पार्टी (जसपा) खोटाङमा हलचल भएको छ ।

अध्यक्ष निर्मल राईको नेतृत्वमा ३७ जनाको समूह हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेको छ । श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, जिल्ला सदस्य राजन राई, खोटाङ–काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष प्रिथीराज राई लगायत छन् ।

श्रम संस्कृति पार्टीमा प्रवेश गरेका जसपा जिल्ला अध्यक्ष निर्मल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडाध्यक्ष हुन् । यस्तै, मुगाधन लगातार दुई पटक वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत चुनावी अभियान चलिरहेकाबेला जिल्ला अध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेपछि जसपाका प्रत्यक्ष उम्मेदवार राकेश राई अप्ठेरोमा परेका छन् । श्रम संस्कृति पार्टीले खोटाङमा आरेन राईलाई प्रत्यक्ष उम्मेदवार उठाएको छ ।

चुनावी कमाण्ड सम्हालिरहेका अध्यक्षले नै पार्टी छाडेपछि जसपाले उपाध्यक्ष गुरुराज राईलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको जनाएको छ ।

कांग्रेस खोटाङका संगठन विभाग प्रमुख पनि श्रम संस्कृति पार्टीमा

यस्तै, कांग्रेस खोटाङका संगठन विभाग प्रमुख विष्णुराज राई पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण पाँच वर्ष निष्कासनमा परेका विष्णुराजले अन्तत: श्रम संस्कृति पार्टी रोजेका हुन् ।

विगतमा फरक पार्टीमा रहे पनि पहिचानको आन्दोलनमा अग्रपंक्तीमा लड्दै आएका निर्मल र विष्णुराज एकै ठाउँमा उभिएका छन् ।

कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गर्न आह्वान गरिएको आन्दोलनका क्रममा निर्मल किरात फोर्सको खोटाङ संयोजक बनेका थिए । किरात फोर्सलाई पूर्व नेपाल आर्मी धनीराम नछुङले ‘रोलकल’ गराएका थिए । नछुङ यसअघि नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेर सचिवको जिम्मेवारीमा पुगिसकेका छन् ।

Facebook Comments Box
इरानद्वारा तेहरान, ताब्रिज र मशाद जोड्ने रेल सेवा पुनः सञ्चालन
आठ विपन्न परिवारलाई कम्बल वितरण
इरानमा रहेका नेपालीको अवस्था सुरक्षित
मैवाखोला गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट
सुनचाँदीको भाउ बढ्यो

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?