By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » विद्यार्थीसँग एमाले अध्यक्ष ओली

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १५, शुक्रबार १०:२२

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीसँग छलफल गर्ने भएका छन् ।

आज बिहान ११ बजे दमक स्थित होटल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको हो । निर्वाचन लक्षित भेटघाटको क्रममा आज पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल गर्ने रहेको जनाइएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर- ५ नेकपा एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार विद्यार्थीहरूका अहिलेका समस्या तथा जिज्ञासा सुन्ने छलफलमा उठेका विषय माथि अध्यक्ष ओलीले अन्तरकृया गर्नेछन् । कार्यक्रममा यस क्षेत्रका लगभग ३ सयबढी विद्यार्थी सहभागि रहने अनुमान गरिएको छ ।

दमकमा विद्यार्थीहरूसँगको कार्यक्रम सम्पन्न गरे लगत्तै अध्यक्ष ओली आज दिनभरी नै झापाको गौरादह नगरपालिका अन्तर्गतका बिभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ। घोषित कार्यक्रम अनुसार गौरादह नपा ४ को खाङ्टामा पुगेर साढे १ बजे स्थानीयसँग भेटघाटको कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पछि सोही वडाको मियाँ टोलीमा पुगेर भेटघाट गर्नेछन् ।

भेटघाटको क्रममा स्थानीयका समस्या सुन्ने र समाधानको विषयमा अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

मियाँटोलीको भेटघाट पछि उनले सोही वडा अन्तर्गतको ३ बजे दुर्गाचौक मजुवा पुगेर मतदातासँग छलफल गर्नेछन् । यसरी नै साढे ३ बजे फकिरढिपमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

समूहगत रुपमा भेटघाट गर्ने कार्यक्रममा स्थानीय बासिन्दाका समस्या, गुनासो सुन्ने समाधानका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर मसिनो गरि जनताका कुरा सुन्ने र आफ्नो धारणा राख्दै आएका छन् ।

Facebook Comments Box
पश्चिम एसियामा युद्धको सम्भावना बढ्दै, क्षेत्रीय तनाव चुलिँदै
संसदमा ‘प्रि–बजेट’ छलफल शुरु, प्रधानमन्त्री जवाफदेही नभएको भन्दै श्रम संस्कृति पार्टी पर्चासहित विरोधमा
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
उपराष्ट्रपतिद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना
प्रधानमन्त्री ओली आज मधेश जाँदै

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?