By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हुम्लामा ४८ सालदेखि मत फेरबदल

हुम्लामा ४८ सालदेखि मत फेरबदल

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ २२, बिहीबार १०:४४

हुम्ला । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनले हुम्लालाई पनि छोइसकेको छ । उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्न मतदाताको घरदैलो पुग्न थालेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जस्ता पुराना दलहरू चुनावी अभियानमा सक्रिय भएका छन् ।

यी तीनै दलका उम्मेदवारहरूले सिमकोट गाउँपालिका-५, को तल्लो गाउँ चौपाडीबाट चुनावी अभियान सुरु गरेका छन् । यता, आफूलाई वैकल्पिक शक्ति बताउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि जनताको घरदैलोमा पुग्न थालेको छ ।

रास्वपा हुम्लाकी उम्मेदवार टासी ल्हाजोमले दक्षिण हुम्लाको ताजाँकोटबाट आफ्नो पक्षमा मत माग्दै चुनावी अभियान थालेकी छिन् । उम्मेदवारहरू मत माग्दै घरदैलोमा पुगे पनि हुम्लाका मतदातामा भने चुनावप्रति खासै उत्साह देखिएको छैन ।

मत फेरबदल

२०४६ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि भएका संसदीय निर्वाचनहरूमा हुम्ली जनताले पटकपटक मत परिवर्तन गर्दै आएका छन् । हुम्लामा संयुक्त जनमोर्चा नेपालका उम्मेदवारदेखि स्वतन्त्रसम्म अनि नेपाली कांग्रेसदेखि माओेवादी र एमालेसम्मले चुनाव जितेका छन्।

बहुदल प्राप्तिपछिको पहिलो आम निर्वाचन २०४८ मा हुम्लाबाट संयुक्त जनमोर्चा नेपालका उम्मेदवार छक्कबहादुर लामा ४ हजार ६९५ मत ल्याएर निर्वाचित भएका थिए ।

उनका निकटतम प्रतिदन्द्वी नेपाली कांग्रेसका चक्रबहादुर शाही ४ हजार ६८७ मत ल्याउँदै ८ मतले पराजित भएका थिए । यसैगरी २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेसका चक्रबहादुर शाही ७ हजार ८८७ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार अंगबहादुर लामाले ६ हजार ९९० मत पाएका थिए । नेकपा एमालेका गोरखबहादुर बोगटीले ५ हजार ७१९ मत पाएका थिए।

दुई पटक पराजित भएका एमालेका बोगटीले २०५६ सालमा भने बाजी मारे । उनी ११ हजार ८७१ मतसहित निर्वाचित भएका थिए । यो निर्वाचनमा कांग्रेसबाट टिकट नपाएर बागी उम्मेदवार बनेका चक्रबहादुर शाहीले ७ हजार ६६२ मत प्राप्त गरे । राष्ट्रिय जनमोर्चाका सोनाम गुरुङले ९६२ मत प्राप्त गरेका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रका कर्णजित बुढाथोकी १३ हजार ३१८ मत ल्याई निर्वाचित भए। उनका निकटतम प्रतिदन्द्वी नेपाली कांग्रेसका जीवनबहादुर शाहीले ५ हजार १९६ मत पाए भने एमालेका बोगटीले ३ हजार २९० मत ल्याएका थिए।

२०७४ सालमा भने हुम्लाबाट स्वतन्त्र उम्मेदार छक्कबहादुर लामाले जिते । ८ हजार ४९१ मत ल्याउँदै लामा निर्वाचित हुँदा निकटतम प्रतिदन्द्वी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ ल्याएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भयो । जसमा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा ९कार्चेन० १४ हजार ३७१ मत ल्याएर निर्वाचित भए । यो निर्वाचनमा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याएका थिए ।

गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले ८ हजार १९२, माओवादी केन्द्रले ७ हजार ३६३, नेकपा एमालेले ५ हजार ९०७ र एकीकृत समाजवादीले १०२१ मत पाएका थिए ।

कसले मार्ला बाजी ?

प्रत्येक निर्वाचनमा मत फेरबदल गर्दै आएका हुम्लाका जनताले आगामी निर्वाचनमा कसलाई मत देलान् भन्ने सर्वत्र चासो छ । २१ फागुनको निर्वाचनमा हुम्लामा कांग्रेस, एमाले र नेकपालाई बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर ती दललाई रास्वपा र प्रलोपाले चुनौती दिएका छन् ।

कांग्रेसबाट जयपति रोकाया, एमालेबाट दल फडेरा, नेकपाबाट डा। दीपेन्द्र रोकाया र रास्वपाबाट टासी ल्हाजोम उम्मेदवार छन् । यसैगरी प्रगतिशील प्रजातन्त्र पार्टी (प्रलोपा)  ले जटिल कार्की, नेत्रविकम चन्द निकट माओवादीले कुम्भ बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीले छक्क बुढालाई उम्मेदवार बनाएको छ ।

हुम्लाको प्रदेश (क) मा १९ हजार ४१९ र प्रदेश (ख)  मा १४ हजार ९५३ मतदाता रहेका छन् ।

Facebook Comments Box
संविधान दिवसमा टेलिकमको ‘अफर’
राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना
१२ दिनमा चार सय २२ विपद्का घटना
तेह्रथुममा अविरल वर्षाले किसानको बाली नष्ट, स्थानीय अर्थतन्त्र सङ्कटमा
आज दशौँ स्वास्थ्य बीमा दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?