By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » झारखण्ड विमान दुर्घटना : बिरामी र चालक दलसहित सबैको मृत्यु

झारखण्ड विमान दुर्घटना : बिरामी र चालक दलसहित सबैको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १२, मंगलवार १०:२८

मकवानपुर । भारतको झारखण्डमा विमान दुर्घटना भएको छ।

सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो।

चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीको रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी ९० (भिटी-एजेभी) विमान दुर्घटना भएको हो।

विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए। दुर्घटनामा सातै जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार विमान साँझ ७ बजेर ११ मिनेटमा राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो।

कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित गरेपछि मौसमका कारण मार्ग परिवर्तन (डिभिएसन) को अनुरोध गरिएको थियो। तर साँझ ७ बजेर ३४ मिनेटमा वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको सञ्चार र रडार सम्पर्क एकाएक विच्छेद भएको थियो।

कोलकातासँग सम्पर्क टुटेपछि विमान वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्कमा आएको थिएन। वाराणसी रडार रिप्ले परीक्षण गर्दा अन्तिम रडार सम्पर्क साँझ ७ बजेर २२ मिनेटमा देखिएको बताइएको छ।

मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार रहेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार आगलागीको घटनामा उनको शरीर ६३ प्रतिशत जलेर गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समा दिल्ली लगिँदै थियो।

सञ्जयसँग उनका सहयोगी विकास गुप्ता पनि विमानमा सवार थिए। चिकित्सक सचिन कुमार मिश्र र उनका दुई सहयोगी अर्चना देवी र धुरु कुमार विमानमा थिए। दुई क्याप्टेनहरू विवेक विकास भगत र सवराजदीप सिंह गरी सातै जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

राँची विमानस्थलका निर्देशक विनोद कुमारले खराब मौसम दुर्घटनाको सम्भावित कारण हुनसक्ने प्रारम्भिक अनुमान व्यक्त गरे पनि वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुने बताएका छन्। घटनाको छानबिन प्रक्रिया अघि बढाइएको छ।

रेडबर्ड एयरवेज सन् २०१८ मा उद्यमी अक्षय कुमारले स्थापना गरेको कम्पनी हो।

यसले सन् २०१९ अगस्टमा चार्टर तथा एयर एम्बुलेन्सजस्ता गैर–अनुसूचित उडानका लागि अनुमति पाएको थियो।

कम्पनीले २४सै घण्टा मेडिकल इभ्याकुएसन सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।

हालै चार्टर विमान सञ्चालन र नियामक संयन्त्रमाथि उठिरहेका प्रश्नका बीच यो दुर्घटना भएको हो।

यसअघि जनवरी २८ मा महाराष्ट्रको बारामतीमा लियरजेट ४५ दुर्घटनामा पाँच जनाको ज्यान गएपछि स्वतन्त्र छानबिनको माग उठेको थियो।

डीजीसीएले गैर–अनुसूचित उडान सञ्चालनकर्तामाथि विशेष अडिट गरिरहेको जनाएको भए पनि ती प्रतिवेदन सार्वजनिक गरिएका छैनन्।

Facebook Comments Box
उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपीभी खोप लगाइँदै
पाँच लाखभन्दा बढी बिरुवा वितरण
निजी विद्यालय सञ्चालकहरुले आज देशभर प्रदर्शन गर्ने
दुर्घटनाग्रस्त जिपमा सवार १ जनाको मृत्यु
सुनचाँदीको मुल्य घट्यो

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?