By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » अङ्कुर नेपाल मकवानपुरको ‘Meet & Greet’ : तेजप्रसाद उप्रेतीलाई एकढिक्का समर्थन घोषणा

अङ्कुर नेपाल मकवानपुरको ‘Meet & Greet’ : तेजप्रसाद उप्रेतीलाई एकढिक्का समर्थन घोषणा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १०, आईतवार १४:१९

मकवानपुर ।  कोरिया रिटर्नीहरुको साझा संस्था अङ्कुर नेपाल मकवानपुरले हिजो हेटौंडास्थित होटल ब्रान्डमा ‘Meet & Greet’ कार्यक्रम आयोजना गर्दै मकवानपुर क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) लाई एकढिक्का भएर सघाउने घोषणा गरेको छ।

कार्यक्रममा बोल्दै अङ्कुर नेपाल मकवानपुरका अध्यक्ष किशोर डंगोलले पार्टी, विचार र आस्था जहाँ जे भए पनि प्रवासीको पीडा बुझेका, अनुभवले परिपक्व र सामाजिक योगदानका आधारमा नेतृत्व गर्ने क्षमता भएका व्यक्ति तेजप्रसाद उप्रेती नै भएको बताए।

उनले कोरियाबाट फर्किएका, कोरियामा कार्यरत तथा अन्य देशमा रहेका सम्पूर्ण मकवानपुरवासीलाई श्रमिक र प्रवासीको आवाज उठाउन सक्ने नेतृत्वलाई जिताउन आग्रह गर्दै “जिल्लाको समग्र विकासका लागि मनदेखि मत दिएर विजय गराऔं, मेरो एक भोट उद्घाटन स्वरूप” भन्ने घोषणा  गरेका थिए।

यसैगरी, मकवानपुर कोरिया मञ्चका पूर्व अध्यक्ष शम्भु पुडासैनीले विभिन्न संघ–संस्थामा सफल नेतृत्व सम्हालिसकेका व्यक्तिलाई जनप्रतिनिधिको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले प्रवासी नेपालीको हक–हित, श्रमिक समस्या र जिल्लाको विकासलाई प्राथमिकता दिने सक्षम नेतृत्वलाई जिताउन सबै एकजुट हुनुपर्ने धारणा राखे।

भेलामा मकोमका संस्थापक अध्यक्ष श्रीकृष्ण ढकाल, आरिराङ कोरियन ल्याङ्ग्वेज सेन्टरका सञ्चालक सुबेन्द्र मुक्तान तथा टुडल ल्याङ्ग्वेज सेन्टरका सञ्चालक हिरालाल स्याङतानलगायतले मन्तव्य राख्दै प्रवासी अनुभवलाई स्थानीय विकाससँग जोड्ने नेतृत्वको आवश्यकता औंल्याएका थिए।

कार्यक्रमको सञ्चालन अङ्कुर नेपाल मकवानपुरका सचिव माधव सापकोटाले गरेका थिए। कार्यक्रममा कोरियाबाट फर्किएका र हाल विदेशमा कार्यरत परिवारका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

अङ्कुर नेपाल मकवानपुरले आगामी दिनमा पनि प्रवासी श्रमिकका मुद्दा, सीप हस्तान्तरण र जिल्लाको समृद्धिका लागि साझा पहललाई निरन्तरता दिने जनाएको छ।

Facebook Comments Box
आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खैल्दै
भाेजपुरमा वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तर्राष्ट्रिय मौरी सम्मेलन
तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय
आज कति पुग्यो डलर? यस्तो छ विदेशी मुद्राको भाउ

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?