By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मकवानपुरमा चुनावी सरगर्मी तीव्र, औपचारिक प्रचार सुरु

मकवानपुरमा चुनावी सरगर्मी तीव्र, औपचारिक प्रचार सुरु

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन ४, सोमबार ११:०९

मकवानपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ।

आजदेखि औपचारिक रूपमा चुनाव प्रचार–प्रसार गर्न पाइने व्यवस्था लागू भएसँगै जिल्लामा राजनीतिक गतिविधि थप सक्रिय बनेको छ ।

निर्वाचन आयोगको नियमअनुसार मतदान मितिभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न पाइने प्रावधान छ।

सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार अभियान सञ्चालन गर्न सक्नेछन्।

आयोगले प्रचारका क्रममा हिंसा, धम्की, लोभलालच तथा सामाजिक सञ्जालमार्फत मिथ्या सूचना र दुष्प्रचार नगर्न कडा निर्देशन दिएको छ।

मकवानपुरका निर्वाचन क्षेत्र नम्बर–१ र नम्बर–२ मा ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय डिना, नेकपा एमालेका रामेश्वर राणा, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम , नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ पनि प्रतिस्पर्धामा छन ।

त्यस्तै, क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेशकुमार बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राप्रपाका रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष विष्ट र श्रम संस्कृति पार्टीका युनिश लामा छन ।

दलहरूले वडा तथा पालिका स्तरमा विस्तारित बैठक, कार्यकर्ता भेला र मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।

जिल्लामा उम्मेदवारहरू घरदैलो अभियानलाई प्राथमिकतामा राख्दै डिजिटल माध्यममार्फत पनि मतदाता समक्ष आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्।

निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै दल र उम्मेदवारलाई आग्रह गरेको छ। नियम उल्लंघन भएको खण्डमा सम्बन्धित निर्वाचन अधिकृत वा आयोगमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

यसैबीच मतदाताहरू पनि उम्मेदवारका योजना, प्रतिबद्धता र चुनावी एजेन्डाबारे जानकारी लिन सक्रिय देखिएका छन्।

Facebook Comments Box
नवनियुक्त सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण
रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव
करोडौँ लगानीमा फलेवास नगरपालिकाको भवन तयार
सुनको मूल्य बढ्यो

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?