By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २४, मंगलवार १५:५८

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशको आज जनकपुरधाममा आयोजित सातौँ प्रदेशसभाको उद्घाटन समारोहमा उनले नीजि क्षेत्रलाई प्रोत्साहन र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

मुख्यमन्त्री यादवले भने,“निजी क्षेत्रको सक्रियताबिना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले सरकारले नीतिगत सुधार र सहजीकरणमार्फत लगानी आकर्षित गर्ने वातावरण बनाउँदैछ ।”

मधेस प्रदेश, नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. सोहन साहले दीगो र समावेशी विकासका लागि दीर्घकालीन योजनाको आवश्यकता औँल्याए । उनले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए।

महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीले प्रदेशबीचको सहकार्य र अनुभव आदानप्रदानले उद्योग व्यवसाय विस्तारमा टेवा पुग्ने विचार व्यक्त गरे । उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सशक्त बनाउनु आवश्यक रहेको बताए।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहले स्थानीय तह र निजी क्षेत्रबीच सहकार्यमा जोड दिँदै लगानी प्रवर्द्धनका लागि सहजीकरण गर्न स्थानीय तहले पनि आपश्यक भूमिका खेल्ने बताए।

कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष विजयकुमार साहले उद्योगी–व्यवसायीको हित संरक्षण गर्दै प्रदेशमा लगानीमैत्री वातावरण निर्माणका लागि आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्र र सरकारबीच समन्वय बढाउँदै आर्थिक गतिविधि विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे।

कार्यक्रमका अध्यक्ष तथा महासङ्घ, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेस प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगी–व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। उनले प्रदेशमा उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत स्थिरता अपरिहार्य रहेको धारणा व्यक्त गरे।

Facebook Comments Box
आजबाट ८० हजार सेना फिल्डमा परिचालन
सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो
गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी
चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने राष्ट्रपति ट्रम्पको घोषणा
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?